कारोबार


फागुनमा ह्वात्तै बढ्यो वैदेशिक लगानी प्रतिबद्धता, कति आयो?

फागुनमा ह्वात्तै बढ्यो वैदेशिक लगानी प्रतिबद्धता, कति आयो?

नेपालखबर
चैत ३, २०८१ आइतबार १३:२९, काठमाडौँ

फागुन महिनामा वैदेशिक लगानी प्रतिबद्धता ह्वात्तै बढेको छ।

साउनदेखि फागुनसम्म कुल ४४ अर्ब आएकामा गत महिना मात्रै १७ अर्ब प्रतिबद्धता आएको हो। 

फागुनमा ४० उद्योगमा वैदेशिक लगानीका लागि उक्त प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ। जसमा ३९ साना र १ कम्पनी मझौला उद्योगको रुपमा दर्ता भएको छ। गत वर्ष फागुनमा पनि ६ अर्ब ४७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो। 

पुसमा करिब २ अर्ब रुपैयाँको मात्रै लगानी प्रतिबद्धता आएको थियो भने माघमा १ अर्ब ६ करोड भित्रिएको छ।

मंसिरमा २ अर्ब ११ करोड रुपैयाँ प्रतिबद्धता आउँदा कात्तिकमा २ अर्ब २२ करोड थियो। फागुनअघि साउनमा ९ अर्ब १४ करोड लगानी प्रतिबद्धता भित्रिएको थियो। 

चालू आर्थिक वर्षमा सबैभन्दा बढी पर्यटन र सूचना प्रविधिमूलक उद्योग दर्ता भएका छन्। कुल ४२७ उद्योगमध्ये १८० पर्यटन उद्योग र १५४ सूचना प्रविधिमूलक उद्योग दर्ता भएका हुन्। 

लगानी रकमको रुपमा भने यस वर्ष सेवा क्षेत्र ५० प्रतिशत र पर्यटन क्षेत्रमा ४० प्रतिशत रकम लगानी प्रतिबद्धता छ। उत्पादनमूलकमा ६ प्रतिशत, सूचना प्रविधिमूलकमा २, कृषिमा २ प्रतिशत लगानीको प्रतिबद्धता आएको छ। 

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखा प्रमुख प्रशान्त बोहराले फागुनमा उद्योगको संख्यासँगै लगानी पनि बढेको बताए। 

‘सूचना प्रविधि र पर्यटनमूलक क्षेत्रका उद्योग दर्ताको संख्या बढेको छ’, उनले भने, ‘एकै पटक ठूलो आयोजना आउँदा लगानीको रकम बढ्ने गरेको छ।’

वैदेशिक लगानीको प्रतिबद्धता बढेसँगै नेपालमा बिजनेस भिसामा नेपाल आउनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ।

आव ०८१/०८२ फागुनसम्ममा २४ सय ७ जनाले नेपाल आउने भिसाको अनुमति पाएका छन्। गत वर्षको यही अवधिमा १५ सय ९२ लगानीकर्ता नेपालमा आएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad