ad ad

समाज


कोरोना संक्रमितको उपचार गर्न यसरी तयार गरिँदैछ पाटन अस्पताल

कोरोना संक्रमितको उपचार गर्न यसरी तयार गरिँदैछ पाटन अस्पताल

नेपालखबर
चैत १३, २०७६ बिहिबार ८:३०,

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमित व्यक्तिको उपचारका लागि २४ आइसीयू बेड तयार गरेको छ।

त्यसैगरी त्यस्ता बिरामीलाई छुट्टै राखेर उपचार गर्न आइसोलेसनका ३० र क्वारेन्टिनका लागि ४५ बेड तयार गरिएको अस्पतालका निर्देशक प्राध्यापक विष्णुप्रसाद शर्माले बताएका छन्।

संक्रमित व्यक्तिको उपचार गर्ने स्वास्थ्यकर्मीहरुले लगाउने पर्सनल प्रोटेक्टिभ इक्वेपमेन्ट (पीपीई) निर्माणमा त्यहिँकै चार कर्मचारीले काम गरिहेको अस्पताल प्रशासनले जनाएको छ।

Patan hosp corona 6

‘उपचारमा संलग्न सबै कर्मचारीका लागि क्वारेन्टाइन, खाना र बस्नका लागि भिन्नै व्यवस्था गरिएको छ,’ शर्माले भने, ‘अहिले क्वारेन्टाइन, आइसोलेसन तथा आइसीयूको लागि छुट्टयाएको क्षेत्रलाई सिल्ड (बन्द) गर्ने काम भैरहेको छ।’

शर्माले आवश्यकताअनुसार अस्पतालले प्रसुतीबाहेक सम्पूर्ण सेवालाई कोरोना उपचारमा केन्द्रित गर्ने तयारी गरिरहेको छ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बिहीबार पाटन अस्पताल पुगेर उपचारका लागि भैरहेको तयारीको बारेमा जानकारी लिएका थिए।

Patan hosp corona 3

यसअघि कोरोना संक्रमितको मुख्य उपचार हुने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोगलाई यो संकटको अवधिमा माध्यम अस्पतालका रुपमा प्रयोग गरिने भएको छ।

मन्त्री ढकालले बुधबार नियमित पत्रकार सम्मेलनमा टेकु अस्पताललाई परीक्षण गर्ने, निक्र्याैल गर्ने माध्यम अस्पतालका रुपमा र कोरोना भएको प्रमाणित भए उपचारका लागि पाटन अस्पताल पठाउने निर्णय गरेको बताएका थिए।

Patan hosp corona 7

टेकु अस्पतालमा संक्रमितको आशंकामा जाँच गर्नेहरुको संख्या ह्वात्तै वृद्धि हुन थालेपछि मन्त्रालयले पाटनमा उपचार गर्ने व्यवस्था मिलाउन लागेको हो।

Patan hosp corona 4

भिडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .