काठमाडौं महानगरपालिकाले सुख्खा फोहोरको व्यवस्थापन अघि बढाउने भएको छ।
उपत्यकाका ७ ठाउँमा महानगरले सुख्खा फोहोर मेटेरियल रिधभरी सुविधा सञ्चालन गर्नलागेको हो।
खासगरी महानगरभित्रका नगरजन्य फोहोरमैलाअन्तर्गत अजैविक (सुख्खा) फोहोर व्यवस्थापनका लागि रिकभरी सुविधा गर्नलागेको महानगरपालिकाले एक सूचनामार्फत जानकारी दिएको छ।
सोही कारण व्यावसायिक रुपमा व्यावसायिक संस्था, चोक, सडकबाट फोहोर उठाउने तथा छान्ने कार्य गर्नुअघि महानगरपालिकाको अनुमति लिन भनिएको छ। अनुमतिविना यस्तो कार्य गरे फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ र दफा ३९ तथा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ र ५२ तथा चालू आवको महानगरपालिकाको आर्थिक ऐनअनुसार जरिवाना गराइने उल्लेख गरिएको छ।
69
Shares

प्रतिक्रिया