कारोबार


अध्यादेशमाथि प्रतिपक्षीले विरोधका लागि विरोध गरे : अर्थमन्त्री पौडेल

अध्यादेशमाथि प्रतिपक्षीले विरोधका लागि विरोध गरे : अर्थमन्त्री पौडेल

नेपालखबर
फागुन २२, २०८१ बिहिबार १६:५१, काठमाडौँ

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले प्रतिपक्षीहरुले अध्यादेशमाथि गरेको विरोध आफूले बुझ्न नसकेको बताएका छन्।

बिहीवारको राष्ट्रिय सभा बैठकमा निजीकरण ऐन संशोधन गर्न बनेको अध्यादेश, २०८१ माथि प्रतिपक्षीहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। 

उनले निजीकरण ऐन परिवर्तन गरेर सार्वजनिक प्रतिष्ठानमा रहेको सरकारी व्यवस्थापन ऐन बनाइदा दलाल पूँजीवाद नहुने भन्दै प्रतिपक्षीमाथि कडा प्रतिवाद गरे। 

उनले तथ्य र तर्कमा रहेर विरोध गर्न प्रतिपक्षीहरूलाई आग्रह गरे। उनले प्रतिपक्षीहरूले रचनात्मक ढंगले छलफल गर्नुको सट्टा विरोधका लागि विरोध गरेको आरोप लगाए।

उनले भने, ‘निजीकरण ऐन २०५० थियो, त्यसलाई संशोधन गरेर सार्वजनिक प्रतिष्ठानमा रहेको सरकारी व्यवस्थापन ऐन भनियो।  यसोभन्दा कसरी त्यो दलाल पूँजीवाद भयो? कसरी विदेशी पूँजी भयो?कसरी यो समाजवादी विरोधी भयो? कसरी निजीकरणको अझ प्रखर हिमायती भयो त? के भन्न खोजेको माननीयज्युहरुले? तर अध्यादेशमा थप के के गर्नुपर्ने थियो रचनात्मक ढंगले भन्नु उचित हुन्छ, विरोधका निम्ति विरोध नभइ विरोध तथ्य र तर्कमा आधारित हुनुपर्छ।’

अर्थमन्त्री पौडेलले सरकारले सार्वजनिक, निजी र सहकारी गरी तीनखम्बे आर्थिक नीतिलाई समन्वयात्मक रुपले अगाडि बढाउने बताए। उनले समाजवाद देशको गन्तव्य भएकाले सरकारले मन, वचन र कर्मले प्रतिवद्ध भएर लाग्ने बताए।

प्रतिपक्षीहरूले सरकारनै भाडामा दिनुपर्ने अभिव्यक्ति दिएपछि अर्थमन्त्री पौडेलले राष्ट्रकै प्रतिष्ठामा आँच पुग्ने शब्द प्रयोग नगर्न आग्रह गरे। उनले यस्ता अभिव्यक्तिले नागरिकको मनोविज्ञान बिगार्न भूमिका खेल्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad