कारोबार


२५ अंकले घटेको बजारमा झण्डै ११ अर्बको सेयर किनबेच

२५ अंकले घटेको बजारमा झण्डै ११ अर्बको सेयर किनबेच

नेपालखबर
फागुन २१, २०८१ बुधबार १५:१५, काठमाडौँ

सेयरबजारमा गिरावट आएको छ। 

लगातार तेस्रो दिन ‘करेक्सन’ आउने क्रममा बजार २५.१६ अंकले घटेर २८२१.१३ विन्दुमा रोकिएको हो। 

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार कुल १० अर्ब ९७ करोडको कारोबार भयो। २ करोड ३३ लाख कित्ता बिक्रीपछि उक्त कारोबार भएको हो। 

आज ६२ वटा सेयरको मूल्य बढ्दा १७४ वटाको घटेको र ८ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। लगातार नकारात्मक सर्किट लागेको समाज लघुवित्तको सेयरमा आज सकारात्मक सर्किट लागेको छ। 

त्यसैगरी गार्डियन माइक्रो लाइफले सकारात्मक सर्किटलाई निरन्तरता दिँदा उन्नति सहकार्य लघुवित्त ९.९५ प्रतिशत, माउन्टेन हाइड्रो नेपाल ८.८२ प्रतिशत र गुराँस लघुवित्तको ७.४२ प्रतिशतले सेयर मूल्य बढेको छ। 

तर ग्रिन डेभलपमेन्ट बैंक ६.८४ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंक ५.५१ प्रतिशत, उपकार लघुवित्त ४.७५ प्रतिशत, मनकामना इन्जिनियरिङ हाइड्रोपावर ४.१० प्रतिशतले घटेका छन्। 

कुल कारोबारमध्ये आज ९६ करोडको कारोबार हिमालयन रिइन्स्योरेन्सको नाममा हुँदा नेपाल पुनर्बीमाको पनि ९० करोडको कारोबार भएको छ। 

त्यसैगरी सगरमाथा जलविद्युत्को ३० करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २९ करोड र घलेम्दीहाइड्रोको २७ करोडको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। 

आज ट्रेडिङबाहेक सबै उपसूचक राताम्य छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad