कोशी


प्रदेश सरकारको बसाइँसराइ रोक्ने योजना छ : मुख्यमन्त्री कार्की

प्रदेश सरकारको बसाइँसराइ रोक्ने योजना छ : मुख्यमन्त्री कार्की

नेपालखबर
फागुन २१, २०८१ बुधबार १५:३२, विराटनगर

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी क्षेत्रको बबसाइँसराइलाई रोक्ने गरी प्रदेश सरकारले योजना बनाउने बताएका छन्। 

विराटनगरमा प्रदेश योजना आयोगले आयोजना गरेको प्रदेश स्तरीय आयोजना तर्जुमा गोष्ठीमा कार्कीले पहाडबाट तराईमा बसाइँ सर्ने प्रवृत्ति अत्यधिक रहेकोले त्यसलाई रोक्ने गरी योजनाहरू बनाएर कार्यान्वयन गर्ने बताए। 

उनले असन्तुलित बजेट वितरणलाई रोकेर समानुपातिक र कामयाबी बजेट बनाउनुपर्नेमा जोड दिए। पहाडी क्षेत्रको जनजीवन सहज बनाउने रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने उनको भनाई छ।

मुख्यमन्त्री कार्कीले भने, ‘हामी जति लगानी गरेर योजनाका काम गर्छौँ हाम्रा लक्ष्य र उद्देश्य पूरा हुनुपर्छ ।’  

लगानी गरेका कामहरूबाट आम्दानी समेत हुने गरी योजना बनायौँ भने प्रदेशको आर्थिक स्रोत पनि बलियो हुने उनको तर्क छ ।  

‘प्रदेशको स्रोत सीमित भएकोले अब लगानी गर्दा खास गरेर पर्यटनको क्षेत्रमा लगानी गर्छौँ,’ उनले भने, ‘त्यसबाट प्रदेशलाई पनि आम्दानी हुने गरी काम गर्नुपर्छ।’  

स्थानीय तहले पर्यटनको क्षेत्रमा लगानी गर्दा प्रदेशले पनि संयुक्त रूपमा लगानी गरेर त्यसको आम्दानी प्रदेश र स्थानीय तहलाई बाँड्ने गरी योजना बनाइने बताए।
यस वर्षदेखि प्रदेश सरकारले योजना बैङ्क सञ्चालनमा ल्याएकोले प्रदेश सभाका सदस्यहरूलाई छायामा नपार्ने गरी अघि बढ्ने काम गरिने बताए।  

‘प्रदेश सांसदलाई पनि स्वामित्व लिँदै योजनाहरू छनोट गरौँ र केही पाइएन भन्ने गुनासोलाई न्यूनीकरण गर्दै नमुना काम पनि गरौँ भनेर लागेका छौँ,’ उनले भने, ‘प्रदेश योजना बैङ्क सञ्चालनमा आएसँगै प्रदेशका योजनाहरू विधि र प्रक्रियागत ढङ्गले अगाडि बढ्ने र यसले बजेटमा देखिने व्यथितिको अन्त्य हुनेछ ।’ 

कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले प्रदेश प्रदेशमा सन्तुलित विकास गर्न र गोजीबाट योजना हाल्ने प्रवृत्तिको अन्त्य गर्न प्रदेश आयोजना बैङ्क कार्यान्वयनमा ल्याउन लागिएको बताए। कार्यक्रममा कोसी प्रदेशका प्रदेश सभा सदस्य, मन्त्री र सचिवहरूको सहभागिता रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad