कारोबार


सेयरबजारमा लगातार १४ अर्बको कारोबार

गार्डियनको लगातार पोजिटिभ र समाजको लगातार नेगेटिभ सर्किट
सेयरबजारमा लगातार १४ अर्बको कारोबार

नेपालखबर
फागुन १९, २०८१ सोमबार १५:१३, काठमाडौँ

यो साता सेयरबजारमा लगातार कारोबार रकमले १४ अर्ब नाघेको छ। 

आइतबार ७५ अंकले बढेर १४ अर्ब २५ करोडको कारोबार भएकामा सोमबार केही ‘करेक्सन’पछि पनि १४ अर्ब २८ करोडको कारोबार भएको हो। 

सोमबार नेप्से सूचक १३.६२ अंकले घटेर २८७६.६६ विन्दुमा थामिएको छ। 

आइतबार २ करोड ९१ लाख कित्ता सेयर बिक्री भएकामा सोमबार ३ करोड १२ लाख कित्ता सेयर बिक्री भएको छ। 

योसँगै सोमबार ५१ वटा सेयरको मूल्य बढ्दा १८७ वटाको घटेको र ६ वटा अघिल्लो मूल्यमा नै कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

यस दिन गार्डियन माइक्रो लाइफको सेयरमा सकारात्मक सर्किटले निरन्तरता पाउँदा दिव्येश्वरी हाइड्रो ९.४५ प्रतिशत, सिन्धु विकास बैंकको ७.८५ प्रतिशत, हिमालयन रिइन्स्योरेन्सको ७.२५ प्रतिशतले सेयर बढेको छ। 

समाज लघुवित्तको सेयरमा भने लगातार नकारात्मक सर्किट लागेको छ। यसबाहेक उपकार लघुवित्तको ७.२४ प्रतिशत, वाराही हाइड्रोपावरको ६.७७ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्स र भूगोल इनर्जीको क्रमशः ६.६ र ६.४२ प्रतिशतले सेयर मूल्य घटेको छ। 

कारोबारका हिसाबले आज हिमालयन रिको १ अर्ब ३८ करोडको, नेपाल पुनर्बीमाको ७३ करोड, हिमालयन डिस्टिलरीको ३६ करोडको किनबेच भएको छ। 

आज सामूहिक लगानी, निर्जीवन बीमा र अन्य उपसूचक बढे पनि बाँकी सबै राताम्य रहे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad