ग्लोबल


बैंककमा बसको ‘ब्रेक फेल’ हुँदा १८ जनाको मृत्यु

बैंककमा बसको ‘ब्रेक फेल’ हुँदा १८ जनाको मृत्यु

घटनास्थल


नेपालखबर
फागुन १४, २०८१ बुधबार १२:२४, बैंकक

थाइल्यान्डको बैंककमा बुधबार बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

राजधानी बैंककको पूर्वमा रहेको प्राचीन बुरी प्रान्तमा स्थानीय सरकारी अधिकारीहरू लिएर फिल्ड ट्रिपमा गएका तीनवटा डबल डेकर बसमध्ये एउटा दुर्घटना भएको हो।

बस दुर्घटनाको अर्को तस्बिर

‘दुर्घटनामा १७ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो,’ प्रहरी लेफ्टिनेन्ट कर्णेल सिवापास फुरीप्चाइबुन्चुले भने।

उनले भने, ‘हामीले चालकलाई सोधपुछ गर्दा बसको ‘ब्रेक फेल’ भएका कारण सडकबाट भीर हुँदै निकै तल खसेको हो। थप अनुसन्धान भइरहेको छ।’

बस दुर्घटना हुँदा बसमा ४९ जना सवार रहेको र घाइतेहरूलाई उपचारका लागि दुई वटा अस्पतालमा लगिएको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार थाइल्यान्डमा सडक सुरक्षाको सबैभन्दा खराब रेकर्ड छ।

यहाँ हरेक वर्ष लगभग २० हजार व्यक्तिको सडक दुर्घटनाका कारण मृत्यु हुन्छ। पुरानो र असुरक्षित सवारी साधन र चालकको लापरबाही सडक दुर्घटनाको प्रमुख कारक मानिन्छ।

गत अक्टोबरमा बैंककको उपनगरमा एउटा विद्यालयका विद्यार्थी बोकेको बसमा भएको आगलागीमा परी २३ जनाको मृत्यु भएको थियो।रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad