कारोबार


बीवाईडीद्वारा ‘हाइ–टेक विक २०२५’ को घोषणा

बीवाईडीद्वारा ‘हाइ–टेक विक २०२५’ को घोषणा

नेपालखबर
फागुन १२, २०८१ सोमबार २१:३६, काठमाडौँ

नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ। जुन इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरुले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने यस प्रकारकै पहिलो इभेन्ट हुनेछ।

द एभरेष्ट होटलमा आगामी फेब्रुअरी २७ देखि मार्च ४ (फागुन १५ देखि १८) सम्म आयोजना हुने सो इभेन्ट न्यु इनर्जी भेइकल्स (एनईभिज) र सस्टेनेबल इनोभेसनसँग साक्षात्कार हुने एक महत्वपूर्ण अवसर हुनेछ।

मोबिलिटीको भविष्य सम्बन्धी एक महत्वपूर्ण कदम
बीवाईडी हाई–टेक विक २०२५ एउटा प्रदर्शनी मात्र नभई एउटा ल्यान्डमार्क इभेन्ट हुनेछ, जसले ईभी टेक्नोलोजी, एआई इन्टिग्रेसन र न्यु इनर्जी सोलुसनलाई एउटै छानामुनि ल्याउने छ। शिक्षा दिने, संलग्नता बढाउने र प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ डिजाइन गरिएको सो इभेन्ट औद्योगिक व्यवसायी, ईभी प्रयोगकर्ता, प्रविधि उत्साही र सामान्य व्यक्ति सबैका लागि पुग्नै पर्ने स्थल हुनेछ।
 
इभेन्टका प्रमुख विशेषता

बीवाईडी हाई–टेक विक २०२५ को प्रमुख विशेषता यस प्रकार हुनेछः
हाई–टेक इन्टर्याक्टिभ जोन – बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ई–प्लेटफर्म ३.०, ड्युअल मोड अफरोड (डीएमओ), एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), इन–कार एआई इनोभेसन लगायतका अत्याधुनिक प्रविधिको वारेमा जानकारी लिन।

नेक्स्ट–जेन भेइकल शोकेस– पर्फमेन्स र सस्टेनेबिलिटीका लागि क्रान्तिकारी रुपमा अगाडि बढिरहेका बीवाईडीका पछिल्ला मोडल र आगामी दिनमा उपलब्ध हुने मोडलको प्रत्यक्ष अनुभव गर्न।

लाइभ डेमो – स्मार्ट मोबिलिटीको भविष्यको झलक देखाउने गरी रियल–टाइम टेक्नोलोजी डेमोको प्रत्यक्ष अवलोकन गर्न मौका प्राप्त गर्न।

एक्सपर्ट टक र प्यानल डिस्कसन – पछिल्लो ईभी ट्रेन्ड र एनईभी टेक्नोलोजीको भविष्य वारेमा यो उद्योगका नेतृत्वकर्ता, इन्जिनियर र सस्टेनेबिलिटी एड्भोकेटहरुबाट महत्वपूर्ण जानकारी लिन।

विशेष प्रोडक्ट सार्वजनिक – अटोमोटिभ उद्योगको भविष्यलाई आकार दिने बीवाईडीका नयाँ एनईभी तथा आगामी दिनमा उपलब्ध हुने इनोभेसन अवलोकन गर्ने पहिलो अवलोकनकर्ता मध्ये एक बन्न।

पारिवारिक क्रियाकलाप – सबै उमेर समूहलाई उपयुक्त हुने प्रशस्तै क्रियाकलाप हुनेछन्, जसले परिवार मात्र नभई प्रविधिप्रति चासो राख्ने सबैका लागि रोमाञ्चक अनुभव प्रदान गर्नेछ।

बीवाईडी हाई–टेक विक २०२५ ले जनचेतना प्रदान गर्ने, इनोभेसनलाई बढावा दिने र नेपालको मोबिलिटी भविष्यलाई अझै तीव्रता दिने लक्ष्य राखेको छ। 

अटोमोटिभ उत्साही, प्रविधि अन्वेषक र ग्रिन इनर्जी एड्भोकेट लगायत सबैका लागि सो इभेन्टले एक अनुपम अवसर प्रदान गर्नेछ, जहाँ मोबिलिटीको भविष्य वारेमा अध्ययन अन्वेषण गर्न सकिने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad