कारोबार


जापान एयरलाइन्ससँग कनेक्टिङ फ्लाइटमा जोडियो वायु सेवा निगम

निगमकै टिकट काटी अमेरिका र पश्चिमा मुलुकसँगै कोरियाको यात्रा गर्न सकिने
जापान एयरलाइन्ससँग कनेक्टिङ फ्लाइटमा जोडियो वायु सेवा निगम

नेपालखबर
फागुन ७, २०८१ बुधबार १७:४१, काठमाडौँ

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र जापानको राष्ट्रिय ध्वजावाहक जापान एयरलाइन्सले व्यापार विस्तार गर्ने भएका छन्। 

दुई कम्पनीले द्विपक्षीय आपासी सम्झौता गरेको निगमले जनाएको छ। 

यसअनुसार निगमको सिधा उडानबाट जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलसम्म निगमको जहाजमा र त्यसपछिको छोटो तथा छिटो कनेक्टिङ फ्लाइटबाट विभिन्न अमेरिकी र पश्चिमा मुलुकसँगै कोरियाको यात्रा गर्न सहज हुनेछ। 

सम्झौताअनुसार निगमको टिकटबाट जापान एयरलाइन्सको कनेक्टिङ फ्लाइटमार्फत विश्वभरको अन्तिम गन्तव्यसम्मका लागि यात्रु तथा ब्यागेज चेकइन सुविधा पाइने निगमले जनाएको छ। 

त्यस्तै सोही नेटवर्क हुँदै विश्वभरबाट पर्यटकहरु नेपाल सहज रुपमा आउन सक्नेछन्। यसले नेपाल वायुसेवा निगमको व्यापार विस्तार भई समग्र देशको पर्यटन प्रवर्द्धन र विकास तथा विदेशी मुद्रा आर्जनमा टेवा पुग्ने निगमले उल्लेख गरेको छ। 

सम्झौतासँगै नेपाल र जापानका ध्वजावाहकमार्फत परस्पर व्यापार विस्तार हुने, यात्रुलाई सहज र किफायती हुने, विश्वभरका विभिन्न मुलुक र जापानको विभिन्न आन्तरिक गन्तव्यसम्म निगमकै टिकटमा विश्वस्तरीय सेवा प्रदान गर्न सकिने निगमको विश्वास छ। 

योसहित निगमसँग प्यासेन्सज इन्टरलाइन पार्टनरसिप अग्रिमेन्ट गर्ने एयरलाइन्सको संख्या २५ पुगेको छ भने कार्गो इन्टरलाइन पार्टनरसिप अग्रिमेन्ट गर्ने एयरलाइन्सको संख्या २८ पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad