अमेरिकाले स्टिल र आल्मुनियमपछि अन्य वस्तुमा समेत शुल्कवृद्धिको योजना बनाएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार अटो, सेमिकन्डक्टर (चिप्स) र औषधिजन्य वस्तुमा २५ प्रतिशत आयात शुल्क बढाउने योजना सुनाएका हुन्।
अप्रिल २ देखि उक्त शुल्क लगाउने अमेरिकी तयारी रहेको उनको भनाइ थियो।
ट्रम्पनिवास मारा लागोमा पत्रकारहरुसँग उनले शुल्कवृद्धिको योजना सुनाएका थिए।
अमेरिकाले विदेशी बजारसँग सन्तुलित व्यापार गर्नलागेको उनको दाबी थियो।
यी वस्तुमा आयात शुल्क बढाए युरोपेली देशसँगै भारत र चीनका कम्पनीहरु अप्ठ्यारोमा पर्न सक्ने देखिएको छ।
117
Shares

प्रतिक्रिया