कला


‘लाज शरणम्’को प्रचार रोक्ने आदेशले नराम्ररी झस्काएको छ: चलचित्र निर्देशक समाज

‘लाज शरणम्’को प्रचार रोक्ने आदेशले नराम्ररी झस्काएको छ: चलचित्र निर्देशक समाज

नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनक दीप पराजुली


नेपालखबर
फागुन ७, २०८१ बुधबार १४:१३, काठमाडौँ

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लाज शरणम्’को प्रचारप्रसार रोक्न अदालतले दिएको अन्तरिम आदेशप्रति नेपाल चलचित्र निर्देशक समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम्’को प्रचारप्रसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा नगर्न पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको हो।

आफ्नो अनुहार र हाउभाउसहितको पात्र आफ्नो अनुमतिबिना फिल्ममा प्रयोग गरिएको भनी मानिसलाई जिउँदै इँटाभट्टामा हालेर मारेको कसुरमा हाल ललितपुरको नख्खु कारागारमा रहेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमले दायर गरेको रिटमा  न्यायाधीशद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले मंगलबार त्यस्तो आदेश दिएको हो।

यसविरुद्ध चलचित्र निर्देशक समाजले बुधबार विज्ञप्ति जारी गरेको हो।

कथाले कुनै व्यक्ति वा समुदायको व्यक्तित्व, संस्कार, संस्कृतिलाई आघात पुर्‍यायो कि पुर्‍याएन भनेर जाँच गर्न चलचित्र विकास बोर्ड र चलचित्र जाँचपास समिति रहेको स्मरण गराउँदै विज्ञप्तिमा चलचित्रमा अंकुश लगाउने आदेशले चलचित्रको करोडौँ लगानी जोखिममा परेको र यसले सिर्जनशील सर्जकलाई नराम्ररी झस्काएको उल्लेख छ। 

‘कुनै चलचित्रले माथि भनेझैँ व्यक्ति वा समुदायको मानमर्दन गर्ने अभिप्राय राखेको छ भने चलचित्र जाँचपास समितिसँग यस्ता चलचित्रको प्रदर्शन रोक्का गर्ने अधिकार निहित हुन्छ’, विज्ञप्तिमा लेखिएको छ, ‘तर, यो प्रक्रियामा नपुगीकन फाट्टफुट्ट आएका प्रचार सामग्रीका भरमा चलचित्रमाथि अंकुश लगाउने निवेदकको मनसायअनुरूप आदेश जारी हुँदा चलचित्रको करोडौँ लगानी जोखिममा परेको छ र यसले सिर्जनशील सर्जकलाई नराम्ररी झस्काएको छ।’

साथै चलचित्र निर्देशक समाजले ‘लाज शरणम्’लगायत यस्तै प्रकृतिको कानुनी लडाइँमा रहेका चलचित्रप्रति ऐक्यबद्धतासमेत जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad