न्याय सेवा आयोगले न्याय सेवाका तीन अधिकारीको सरुवा गरेको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षमा बसेको बैठकले यो निर्णय गरेको हो।
सहन्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेलाई उच्च सरकारी वकिल कार्यालय जुम्ला सरुवा गरिएको छ। यसअघि उनी उच्च सरकारी वकिल कार्यालय, तुल्सीपुर दरबन्दी भई सत्य निरुपण तथा मेलमिलाप आयोगमा काजमा थिए।
यस्तै उच्च सरकारी अदालत तुल्सीपुरको नेपालगन्ज इजलासबाट उपरजिस्ट्रार सरोजनिधि वाग्ले सर्वोच्च अदालतको इजलास अधिकृतमा सरुवा भएका छन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव अवधकिशोर प्रसाद कुशवाहा विद्युत विकास विभागमा सरुवा भएका छन्।
138
Shares

प्रतिक्रिया