कारोबार


सार्वजनिक यातायात चुस्त र वातावरणमैत्री बनाउन मन्त्री दाहालको जोड

सार्वजनिक यातायात चुस्त र वातावरणमैत्री बनाउन मन्त्री दाहालको जोड

फाइल तस्बिर


नेपालखबर
माघ ३०, २०८१ बुधबार १२:३०, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातलाई चुस्त र वातावरणमैत्री बनाउन जरुरी रहेको बताएका छन्। 

बुधबार एसियाली विकास बैंक र मन्त्रालयको आयोजनामा काठमाडौंमा भएको उच्च गुणस्तरको सहरी सार्वजनिक यातायातबारे भएको कार्यक्रममा उनले यातायातबाट प्राप्त हुने उपलब्धिलाई आर्थिक विकाससँग जोड्न जरुरी रहेको पनि बताएका हुन्। 

नेपालको सार्वजनिक यातायातका क्षेत्रमा निजी क्षेत्रको उल्लेखनीय योगदान र भूमिका रहेको भन्दै उनले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मार्फत अझ स्तरीय र पहुँचयोग्य बनाउन सकिने उल्लेख गरे। यातायात क्षेत्रका साथै पूर्वाधार विकासमा समेत निजी क्षेत्रको सहभागिता स्वागतयोग्य रहने उनको भनाइ छ।

यातायात क्षेत्रका सम्वन्धमा संघीय सरकारले नीतिगत व्यवस्था र समन्वयको कार्य गर्ने एवम् व्यवस्थापनका लागि प्रदेश तथा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण रहने मन्त्री दाहालले उल्लेख गरे। यातायात क्षेत्रमा स्वच्च उर्जा तथा ईन्धनको उपयोगलाई सरकारले प्रोत्साहन गरिरहेको भन्दै उनले यसका लागि चाहिने चार्जिङ् स्टेशन, पार्किङ, मर्मतलगायतलाई पनि थप व्यवस्थित बनाउन जरुरी रहेको उल्लेख गरे।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले सहरीकरण र सहर विस्तार नियमित प्रकृया रहेको उल्लेख गर्दै यसलाई रोक्न नसकिने बताए। तर सहरीकरणको विस्तार र विकासलाई व्यवस्थित गर्न सार्वजनिक यातायात व्यवस्थित र पहुँचयोग्य बनाइनुपर्नेमा जोड दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad