समाज


१२ वर्ष पहिले कैलाली कारागारबाट भागेका बमबहादुर भारतको पुणेबाट पक्राउ

१२ वर्ष पहिले कैलाली कारागारबाट भागेका बमबहादुर भारतको पुणेबाट पक्राउ

नेपालखबर
माघ ३०, २०८१ बुधबार १२:३०, काठमाडौँ

हत्या अभियोगमा दोषी ठहर भएर जन्म कैदको फैसला भएर कारागार चलान भएका प्रतिवादी १२ वर्षपछि भारतबाट पक्राउ परेका छन्।कैलालीको गोदावरी नगरपालिका ७ का भक्तबहादुर भन्ने बमबहादुर साउदलाई २०६४ फागुन २४ गते राति गोली प्रहार गरी हत्या गरेको अभियोगमा कैद भुक्त्तान गरिरहेका देवसिंह ठकुरी भन्ने दिपकबहादुर सिंहलाई प्रहरीले बुधबार पक्राउ गरेर कैलालीमा ल्याएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराका अनुसार उनी कैद भुक्तानी गरिरहेको अवस्थामा कैलाली कारागारबाट १२ वर्ष पहिले फरार भएका थिए।  ज्यान मुद्दा लागेपछि उनी फरार भएका थिए। त्यसको २ वर्षपछि २०६६ असार १० गते हातहतियार तथा खरखजना मुद्दामा पक्राउ परेका थिए। 

सो मुद्दामा उनलाई कारागार चलान गरी १ बर्ष कैद सजाय भुक्तान गरिरहेकै अवस्थामा कर्तव्य ज्यानको मुद्दामा कैलाली जिल्ला अदालतबाट २०६७ मंसिर २७ गते फैसला भएको थियो। 

२०६६ असार ११ गतेदेखि लागू हुने गरी सर्वस्वसहित जन्म कैदको फैसला भएको थियो। सजाय भुक्तान गरिरहेको अवस्थामा २०६९ साउन २२ गते कैलाली कारागारबाट उनी फरार भएका थिए। 

कैलालीको गोदावरी नगरपालिका ११ घर भएका ४८ वर्षका सिंहलाई भारतबाट पक्राउ गरेर बुधबार बिहान कैलाली ल्याइपुर्‍याएको हो। उनीविरुद्ध अन्य मुद्दासमेत रहेको खुलेको छ। २०६२ असोज २ गते मानबहादुर सुनारको हत्या गरेको मुद्दामा पनि फैसला हुन बाँकी देखिएको छ।

कैलालीको धनगढी १ फुलबारी बस्ने सोभान टमटाको जाहेरीले २०६५ असार १० गते अपहरण गरी शरीर बन्धक बनाएको अभियोग पनि उनीमाथि छ। कारागारबाट भागेको आरोपमा उनीमाथि अर्को मुद्दा मुल्तबीमा रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad