कारोबार


इसेवा मनि ट्रान्सफरले ल्यायो ‘क्यासफुल भ्यालेन्टाइन’

इसेवा मनि ट्रान्सफरले ल्यायो ‘क्यासफुल भ्यालेन्टाइन’

नेपालखबर
माघ २४, २०८१ बिहिबार १९:३८, काठमाडौँ

डिजिटल रेमिट्यान्स सेवा प्रदायक, इसेवा मनि ट्रान्सफरले विशेष ‘क्यासफुल भ्यालेन्टाइन’ अभियान सार्वजनिक गरेको छ। यस ‘क्यासफुल भ्यालेन्टाइन’ मा, विदेशमा रहेका नेपालीहरूले इसेवा वालेटमा रेमिट्यान्स पठाएर आकर्षक नगद पुरस्कार जित्ने अवसर पाउनेछन्।

फेब्रुअरी ७ देखि फेब्रुअरी १४, २०२५ सम्म सञ्चालन हुने यो विशेष अभियानमा, भाग्यशाली विजेताहरूले आकर्षक नगद पुरस्कार जित्ने अवसर पाउनेछन्।

जसअन्तर्गत दैनिक पुरस्कार रु १५ हजार, रोज डे (फेब्रुअरी ७) देखि किस डे (फेब्रुअरी १३) सम्म, हरेक दिन एकजना  विजेतालाई र बम्पर पुरस्कार फेब्रुअरी १४, भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसका विशेष अवसरमा रु ३० हजार प्रदान गर्ने कम्पनीले जनाएको छ।

इसेवा मनि  ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला भन्छन्, ‘भ्यालेन्टाइन डे भनेको माया व्यक्त गर्ने अवसर हो। यस अभियानमार्फत, विदेशमा रहेका नेपालीहरूले नेपालमा रहेका आफ्ना प्रियजनहरूसँग माया बाँड्ने एक अनमोल अवसर पाउनेछन्।’

इसेवा मनि ट्रान्सफरले परम्परागत शैली र डिजिटल माध्यमबाट इसेवा वालेट, बैंक तथा वित्तीय संस्थाहरू र आफ्ना भुक्तानी केन्द्रहरू मार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त इसेवा मनि ट्रान्सफर, नेपालभर फिनटेकमा आधारित भुक्तानी सेवाहरू मार्फत रेमिट्यान्स भुक्तानी प्रणाली सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad