ग्लोबल


अमेरिकाले ‘डिपोर्ट’ गरेकालाई ४० घण्टाको उडानभर हत्कडी लगाएपछि भारतमा आक्रोश

जयशंकरले दिए जवाफ
अमेरिकाले ‘डिपोर्ट’ गरेकालाई ४० घण्टाको उडानभर हत्कडी लगाएपछि भारतमा आक्रोश

नेपालखबर
माघ २४, २०८१ बिहिबार १९:५२,

अमेरिकाले अवैध भारतीय आप्रवासीहरूलाई ४० घण्टा लामो उडानमा हतकडी लगाएर फर्काएपछि भारतमा त्यसको चर्को आलोचना भएको छ। यसलाई लिएर विपक्षी दलहरूले सरकारको आलोचना गरेका छन्। 

विदेशमन्त्री एस जयशंकरले भारतीय नागरिकमाथि दुर्व्यवहार हुन नदिन अमेरिकासँग सरकारले कुरा गरिरहेको संसदलाई जानकारी दिएका छन्।

अमेरिकाले बुधबार सैन्य विमानमा १०४ भारतीयलाई फिर्ता गरेको थियो। उडान अवधिभर आफूहरूलाई हत्कडी लगाइएको उनीहरूले बताएका छन्।

तर, जयशंकरले महिला र केटाकेटीलाई हतकडी नलगाइएको बताए। अवैध आप्रवासीलाई अमेरिकाले वर्षौंदेखि फर्काइरहेको र कानुनले हत्कडी लगाउने अधिकार दिएको उनको भनाइ छ।

ट्रम्प प्रशासनले कागजात नभएका अवैध आप्रवासीहरूलाई धमाधम फिर्ता गरिरहेको छ। जसका कारण कतिपय मुलुकसँग अमेरिकाको सम्बन्धमा तनाव पनि देखिएको छ।

अमेरिकाले १८ हजार भारतीयलाई डिपोर्ट गर्ने जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनीहरूलाई स्वीकार गरिने बताएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad