डोनाल्ड ट्रम्पले ‘व्यापार युद्ध’ सुरु गरेपछिको पहिलो कारोबार दिनमा अमेरिकी सेयर बजारहरु ओरालो लागेका छन्।
डाउ जोन्स १.३५ प्रतिशतले तल झरेको छ भने एस एन्ड पी ५०० १.७ प्रतिशत र नाज्दाक २.२४ प्रतिशतले।
ट्रम्पले क्यानडा, मेक्सिको र चीनमाथि भन्सार महसुल लगाएका छन्। यसले व्यापार युद्धको रुप लिने र संसारकै अर्थतन्त्रमा नकारात्मक असर गर्न सक्ने विश्लेषण भइरहेको छ।
यद्यपि, बजारले यो खतरालाई ठूलो नमानेको कतिपयको तर्क छ।
बदलामा क्यानडा र मेक्सिकोले पनि अमेरिकी सामान आयातमा भन्सार महसुल लगाउने घोषणा गरेका छन्।
क्यानडाको ओन्टारियो प्रान्तले भने अमेरिकी कम्पनीहरुलाई सरकारी ठेक्कामा प्रतिबन्ध समेत लगाएको छ। सो प्रान्तले इलोन मस्कको स्याटलाइन कम्पनी स्टारलिंकसँगको ठेक्का पनि तोड्ने बताएको छ। एजेन्सी
249
Shares

प्रतिक्रिया