ad ad

कारोबार


धमाधम सेल्फ क्वारेन्टिनमा बस्दै व्यवसायीहरु

धमाधम सेल्फ क्वारेन्टिनमा बस्दै व्यवसायीहरु

नेपालखबर
चैत ९, २०७६ आइतबार ७:२०,

आजदेखि विशेष सतर्कता अपनाउन भन्दै सरकारले निर्देशन जारी गरेपछि व्यवसायीहरुले पनि व्यापारिक गतिविधि रोक्न थालेका छन्। व्यवसायी संघहरुले आफूमातहतका व्यवसायीलाई चैत २१ गतेसम्म सेल्फ क्वारेन्टिनमा बस्न आग्रह गरेका हुन्।

सरकारी निर्देशनसँगै राष्ट्रिय व्यापार संघले आइतबार विज्ञप्ति जारी गर्दै संघमा आबद्ध व्यवसायीलाई सेल्फ क्वारेन्टिनमा बस्न आग्रह गरेको हो। विश्वव्यापी महामारी बनेको कोरोनाभाइरसका कारण विश्व आर्थिक गतिविधि नै ठप्पप्रायः बनेको छ। नेपालमा पनि यसको उच्च सतर्कता अपनाउनथालिएको छ।

त्यस्तै नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघले पनि आबद्ध व्यवसायीलाई सेल्फ क्वारेन्टिनमा बस्न आग्रह गरेको छ। संघका अध्यक्ष आनन्द प्रसाद पौडेलले सरकारले तोकेको अवधिसम्म सुरक्षित रुपमा घरमै बस्न आग्रह गरेको हो।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले पनि सबै उद्योगी व्यवसायीलार्य सुरक्षित रहन, सेल्फ क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ। संघका अध्यक्ष नरेश कटुवालले विज्ञप्ति जारी गर्दै आपत्कालीन निर्णय शिरोपर गरी व्यावसायिक धर्म र मानवीय संवेदनशीलतालाई ख्याल गरी आवश्यक सहयोग गर्न अनुरोध गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .