कारोबार


अमेरिकी डलर र अस्ट्रेलियन डलरको मूल्य बढ्यो

युरोको मूल्य घट्दा अरु मुद्राको के भयो?
अमेरिकी डलर र अस्ट्रेलियन डलरको मूल्य बढ्यो

नेपालखबर
माघ १८, २०८१ शुक्रबार ५:५, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार, पाउन्डसहित अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ।  तर, युरोसहित केही मुद्राको विनियमदर भने आज घटेको छ। युरोको मूल्य विगत चार दिनदेखि घटिरहेको छ। 

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९१ पैसा छ।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७७ पैसा थियो। 

यहि माघ २ गते अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो। 

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४३ रुपैया ७६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ३८ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४३ रुपैया ७८ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ४० पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ६८ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ३७ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ १३ र बिक्रीदर ८६ रुपैयाँ ५० पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ०६ र बिक्रीदर ८६ रुपैयाँ ४३ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ ३७ र बिक्रीदर चार सय ५० रुपैयाँ ३२ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ८८ र बिक्रीदर चार सय ४९ रुपैयाँ ८२ पैसा थियो। 

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ८९ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ४९ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ५० पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ०९ पैसा थियो। 

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad