अमेरिकी विमान निर्माता बोइङले सन् २०२४ मा हरेक महिनाजसो करिब १ अर्ब डलर नोक्सानी व्यहोरेको छ।
सुरक्षा संकट, गुणस्तर नियन्त्रणको मुद्दा र आन्तरिक हडतालसँग जुधेको कम्पनीले गत वर्ष ११.८ अर्ब अमेरिकी डलर नोक्सानी व्यहोरेको हो। जुन २०२० यताकै खराब वित्तीय नतिजा भएको बीबीसीले उल्लेख गरेको छ।
२०२० मा कोभिड महामारीका कारण विश्वभर विमानहरु ग्राउन्डेड हुँदा कम्पनीहरुको व्यवसायमा असर गरेको थियो। गत वर्ष अन्तिम त्रैमासिकमा हडतालले व्यवसायमा असर गर्दा कम्पनीले ३.८ अर्ब अमेरिकी डलर गुमाएको थियो। बीबीसीबाट
90
Shares

प्रतिक्रिया