कारोबार


भ्यालेन्टाइन सिजनका लागि सामसङ नेपालले ल्यायो विशेष अफर

भ्यालेन्टाइन सिजनका लागि सामसङ नेपालले ल्यायो विशेष अफर

नेपालखबर
माघ १५, २०८१ मंगलबार १७:४३, काठमाडौँ

ग्यालेक्सी एस २४ सिरिज लन्चको साथ ग्यालेक्सी एआईको नयाँ युगको सुरुवात गरेको छ। त्यसपछि रिलिज भएका फोल्ड़ेबल्सको साथ स्मार्टफोन प्रयोगकर्ताहरूको अन्तरक्रिया गर्ने तरिकालाई रूपान्तरण गर्दै ग्यालेक्सी एआईको क्षमतामा विस्तार भएको थियो।

अब सन् २०२५ को भ्यालेन्टाइन सिजनमा, सामसङ नेपालले यी नयाँ ग्यालेक्सी जेड सिरिजका फोल्डेबल वा ग्यालेक्सी एस २४ अल्ट्रा स्मार्टफोनको साथ आफ्ना प्रियजनहरूसँग आफ्नो माया बाँड्न सहज पार्नका लागि, प्राइस् ड्रप तथा बोनस फ्री गिफ्ट रहेको अफर मार्फत अझ सुलभ मूल्यमा बजारमा उपलब्ध गराएको छ।

यो भ्यालेन्टाइन सिजनमा ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६ वा ग्यालेक्सी एस २४ अल्ट्रा (१२/२५६ जिबि) आफ्नो प्रियजनहरुलाई गिफ्टको रुपमा खरिद गर्न चाहने ग्राहकहरुले सो खरिदमा रु.२५ हजार सम्मको बचत गर्न सक्नेछन्।

यस प्राइस् ड्रपका साथै ग्यालेक्सी जेड फोल्ड ६ को खरिद गर्दा रु.५ हजार ४९९ रुपैयाँ मूल्य रहेको क्लियर केस र ग्यालेक्सी जेड फ्लिप ६ को खरिदमा रु.५ हजार ४९९ रुपैयाँ मूल्य रहेको सिलिकन केस पनि ग्राहकहरुले निःशुल्क प्राप्त गर्न सक्नेछन्।

साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाबाट ग्यालेक्सी जेड सिरिजका स्मार्टफोनहरूलाई १८ महिनासम्म र ग्यालेक्सी एस २४ अल्ट्रालाई १२ महिनासम्मको अवधि भित्र शून्य प्रतिशत ब्याज दरमा सजिलो ईएमआईमा प्राप्त गर्न सक्नेछन्।

यो प्रक्रियालाई सहज बनाउनको लागि प्रमाणपत्रको रुपमा ग्राहकलाई केवल आफ्नो नागरिकताको आवश्यक पर्ने कम्पनीले जनाएको छ।

मूल्य कति?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad