बैंकहरू समस्यामा छन् भन्ने अफवाहमा नलाग्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आग्रह गरेका छन्।
उनले राष्ट्रिय वाणिज्य बैंकको ६० औँ वार्षिक साधारणसभामा बोल्दै बैंकहरू समस्यामा छन् भन्ने अफवाह सामाजिक सञ्जालमा मौलाएको बताए।
उनले राष्ट्र बैंकले नियमन गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्था समस्यामा नपरेको जिकिर गरे।
‘सधैँ उस्तै भन्ने हुँदैन। कहिलेकाहीँ कुनै बैंक वा वित्तीय संस्थामा समस्या देखिन सक्छ तर यसले सबै बैंक समस्यामा छन् भन्ने बुझाउँदैन। अफवाहमा लाग्नु भएन,’ उनले भने।
गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूमा हाल कर्जा असुलीमा समस्या देखिएपनि सो समस्या दिर्घकालीन नहुने बताए।
‘हाम्रा बैंकहरूले प्रोभिनिङ गरिरहेका छन्। यसले बैंक र निक्षेपकर्तालाई सुरक्षा गर्छ। त्यसैले बैंक समस्यामा पर्यो भन्ने तिर लाग्नुभएन’ उनले भने।
गभर्नर अधिकारीले वाणिज्य बैंकको पुँजी पुरसंरचना गर्नुपर्ने समय आएको बताए। उनले सरकारी बैंक तथा वित्तीय संस्थाहरूमा पुँजी पुनर्संरचनापछि आएको सुधारलाई मनन गर्दै वाणिज्य बैंक पनि यसतर्फ लाग्नुपर्नेमा जोड दिए।
Shares

प्रतिक्रिया