राजनीति


सरकारले हटायो देशभरका निमित्त प्रमुख प्रशासकीय अधिकृत (सूची)

राख्नैपरे वरिष्ठलाई बनाउनुपर्ने
सरकारले हटायो देशभरका निमित्त प्रमुख प्रशासकीय अधिकृत (सूची)

नेपालखबर
माघ १०, २०८१ बिहिबार १९:४०, काठमाडौँ

सरकारले देशभरका विभिन्न स्थानीय तहमा निमित्त भइ कामकाज गरिरहेका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसेको छ।सरकारको निर्णयसँगै देशभरका १३ स्थानीय तहमा आर्थिक र प्रशासनिक अधिकार लिएर निमित्त बनेकाहको जिम्मेवारी रद्द भएको छ। 

मन्त्रीस्तरीय निर्णय बिहीबारबाट कार्यान्वयनमा ल्याइएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले जानकारी दिए। धनुषा, सप्तरी, सिरहा, महोत्तरी, मुगु, अछाम, जाजरकोट, खोटाङ, बझाङ र हुम्ला लगायतका नगरपालिका र गाउँपालिकामा झण्डै ८ महिनादेखि निमित्तकै भरमा कामकाज भइरहेको थियो।

पदीय दुरुपयोग हुन थालेपछि त्यसलाई रोक्न यस्तो निर्णय गरिएको मन्त्री गुप्ताले बताए। ‘हामीले देशभरका १३ जना निमित्तलाई हटाएका छौँ,’ उनले नेपालखबरसँग भने, ‘यसअघिका मन्त्रीले राख्न दिएकालाई हामी मन्त्रालयमा आएलगत्तै एउटा नीतिगत निर्णय गरेका थियौं। सकभर निमित्त नदिने, दिनै परे सिनियरलाई दिने।’

उनले थपे, ‘के चलन चलाएछन् भने सिनियरबाट म चलाउन सक्दिन भनेर लेखाइदिने, अनि सिनियरभन्दा ६/७ जना तलको कर्मचारीलाई दिने गर्दा रहेछन्। त्यो चलन आजबाट हटायौं।’

हेर्नुहोस् सूची :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad