कारोबार


सरकारी कारोबार निर्देशिकामा संशोधन : यी व्यवस्था थपिए, यी हटे

सरकारी कारोबार निर्देशिकामा संशोधन : यी व्यवस्था थपिए, यी हटे

नेपालखबर
माघ ६, २०८१ आइतबार १२:२२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले सरकारी कारोबार निर्देशिका २०७६ लाई संशोधन गर्दै तीनै तहका सरकारको खातालाई वर्गीकरण गरेको छ। 

राष्ट्र बैंकले सरकारी कारोबारलाई व्यवस्थित गर्दै संघीय सरकारको खातालाई (क), प्रदेश सरकारको (ख) र स्थानीय तहहरुको (ग) बर्गमा वर्गीकरण गरेको हो। 

यस्तै सरकारी कारोबारका लागि (क),(ख) र (ग) बाहेकका चल्दी, मुद्दती लगायतका अन्यखाता भने खोल्न पाउने व्यवस्था गरेको हो। यदी यस्तो खाता खोल्नुपरेमा राष्ट्र बैकको र महालेखा नियन्त्रक कार्यलयको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ।  

निर्देशिकाले संघीय सरकारको केन्द्रीय संचित खातालाई संघीय संचित कोष खाता बनाएको छ भने अन्य खाताको समूहमा समिति, परिषद, कोष तथा बोर्डका खाताहरु रहने व्यवस्था गरेको छ। यस्तै कूटनीतिक नियोग खाता थपिएको छ। 

निर्देशिकामा सार्वजनिक ऋण सञ्चालन खाता थपिएको छ भने बैदेशिक सहायता आम्दानी खातामा संशोधन गरिएको छ। 

यस्तो छ संशोधित सरकारी कारोबार निर्देशिकाः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad