कारोबार


नेप्से ७ अंकले घट्दा पनि यी कम्पनीमा लाग्यो पोजिटिभ सर्किट

नेप्से ७ अंकले घट्दा पनि यी कम्पनीमा लाग्यो पोजिटिभ सर्किट

नेपालखबर
माघ ३, २०८१ बिहिबार १५:२१, काठमाडौँ

बुधबार १.८३ अंकले बढेको नेप्सेले विहिबार ७.३३ अंकले घटेको छ। लगातार ५ दिनदेखि घटिरहेको नेप्से बुधबार बढ्ने मौका पाएपनि बिहीबार पुनः घट्न पुगेको हो।

बिहीबार नेप्से ७.३३ अंकले घटेर २५८८.६२ अंकमा बन्द हुँदा लगानीकर्ताले ५ अर्ब ९३ करोडको मात्रै सेयर कारोबार गरेका हुन्।

बुधबार हरियो बजारमा ५ अर्ब ७८ करोडको कारोबार गरेका लगानीकर्ताले बिहीबार १५ करोडले कारोबार बढाएपनि सोमबारको तुलनामा भने थोरै हो।

साताको सुरुको दिन आइतबार करिब ४ अर्बको कारोबार गरेका लगानीकर्ताले सोमबार बढाएर ६ अर्ब १८ करोडको कारोबार गरेका थिए।

त्यसयता भने लगानीकर्ताले सोही बराबरको कारोबार गर्न सकेका छैनन्। साताको अन्तिम दिनमा आइपुग्दा लगानीकर्ताले कारोबार रकम ५ अर्ब ९३ करोडमा सिमित राखेका हुन्।

आजको बजारमा जलविद्युत, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, अन्य र व्यापार समूहका बाहेक सबै समूहको उपसूचक घटेर राताम्मे बनेका छन्।

यता कम्पनीगत रुपमा भने आज कारोबारमा आएका २९६ वटा धितोपत्र मध्ये ८८ वटाको मूल्य बढ्दा १५२ वटाको मूल्य घटेको छ।

जसमा बोटलर्स नेपाल, वीन लघुवित्त, मन्दाकिनी हाइड्रोको मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै, पोखरा फाइनान्सको भने आज मूल्यमा नकारात्मक सर्किट लागेको हो। यो बाहेक जानकी फाइनान्स, खानीखोला हाइड्रोको पनि ९ प्रतिशत माथिले घट्न पुग्यो।

कारोबारका आधारमा भने आज लागनीकर्ताले सबैभन्दा धेरै सिन्धु विकास बैंकको सेयर खरिदविक्री गरेका छन्। यो बैंकको २८ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad