कारोबार


फोनपेले १०.५३ प्रतिशत नगद लाभांस वितरण गर्ने

फोनपेले १०.५३ प्रतिशत नगद लाभांस वितरण गर्ने

नेपालखबर
माघ १, २०८१ मंगलबार १५:२८, काठमाडौँ

फोनपे पेमेन्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा मिति पुस २९गते सम्पन्न भएको छ।

एलिस कन्फरेन्स पुल्चोकमा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

सो कार्यक्रममा आ.व. २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरी  फोनपेको शेयरधनीहरुलाई २०८१ अषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांस (कर समेत) वितरण गर्ने निर्णय गरेको छ।

साथै, आ.व. २०८१/८२ को लेखापरिक्षकको लागि एनबीएसएम एन्ड एसोसिएट्स लाई नै नियुक्ति गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad