कारोबार


माछापुच्छ्रे बैंकको सञ्चालक समिति सदस्यमा खनाल, भण्डारी र श्रेष्ठ निर्विरोध

माछापुच्छ्रे बैंकको सञ्चालक समिति सदस्यमा खनाल, भण्डारी र श्रेष्ठ निर्विरोध

नेपालखबर
पुस २८, २०८१ आइतबार २१:४४, काठमाडौँ

माछापुच्छ्रे बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा आइतबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ।

उक्त साधारण सभाले जय मुकुन्द खनाल, मनिषा भण्डारी र सुनिल नारायण श्रेष्ठ लाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको बैंकले जनाएको छ।

बैंंक सञ्चालक जय मुकुन्द खनालले स्वागत मन्तव्य राखेको उक्त सभामा अर्का सञ्चालक मुकुन्द महतले जि.पि.राजबहाक एण्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्न प्रस्ताव गरेको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ।

साधारणसभामा बोल्दै बैंकका अध्यक्ष रोशन केसीले प्रविधिको विकास सँगसँगै यसमा देखा परेका चुनौतीहरुलाई कम गर्दै ग्राहकलाई जोखिमरहित सेवा प्रदान गर्न नयाँ नयाँ प्रविधिहरुलाई आत्मसात् गर्दै आएको र समग्र देशको आर्थिक स्थितिलाई मजबूत बनाउन यथासक्य योगदान पुर्‍याउने उद्धेश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रुपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नविकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरुमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेर बैंक अगाडी बढिरहेको जानकारी गराए।

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङ्गमा जोड दिईरहेको र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै  अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिहेको बताए।

उक्त साधारण सभामा बैंकको संस्थापक शेयरधनी को तर्फबाट पूर्व वन तथा वातावरण मन्त्री डा. विरेन्द्र महतो एवम् समाजसेवी प्रेमकुमारी केसीले पनि सहभागिता जनाएका थिए भने अन्य संस्थापक एवम् साधारण सेयरधनीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad