जीवन विकास लघुवित्त वित्तीय संस्थाले सेयर सदस्यलाई १४ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको छ।
छैंठौं साधारण सभाले बोनस सेयरको वितरणको प्रस्ताव पारित गरेको हो।
आइतबार केन्द्रीय कार्यालय मोरङको कटहरीमा भएको साधारण सभाले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट सेयर धनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
आर्थिक वर्ष २०७९/०८० को वितरण योग्य मुनाफाबाट पनि जीवन विकासले १४ प्रतिशत नै बोनस सेयर वितरण गरेको थियो। आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट पनि सेयर सदस्यहरूका लागि १४ प्रतिशत बोनस वितरण गरेको हो। साधारण सभाले लागि ०.७३६८ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ। यो नगद लाभांश बोनस सेयरको कर प्रयोजन समेतका लागि हो।
जीवन विकासको चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ थियो। छैंटौं साधारण सभाबाट १४ प्रतिशत अर्थात् १८ करोड ८६ लाख ५२ हजार ६४६ रुपैयाँ रुपैयाँ बोनस सेयर पारित भएपछि भएपछि जीवन विकासको चुक्ता पुँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँ पुगेको छ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाको कार्यक्षेत्र ३१ जिल्लामा पुगेको छ। यसअघि २४ जिल्लामा कार्यक्षेत्र थियो। कार्यक्षेत्र विस्तार गर्दै जीवन विकासले ३१ जिल्लामा सदस्यहरूको घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको छ। लघुवित्तको शाखा सङ्ख्या १६० वटा छन्।
१६० शाखा कार्यालय मार्फत आर्थिक वर्ष २०८०/०८१ मा ३ लाख ५२ हजार २५९ विपन्न परिवारलाई घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले जानकारी दिए।
जीवन विकासले अन्य बैङ्क सहर नै आफ्ना सदस्यहरूलाई डिजिटल सेवा प्रवाह गरिरहेको उनको भनाई छ।
‘डिजिटल सेवा तर्फ जीवन विकासले सदस्यलाई कमर्सियल बैङ्क भन्दा कम सेवा दिएको छैन, सदस्यलाई सबै सुविधा दिएका छौँ, गाउँ गाउँमा ह्युमन एटिएमको व्यवस्था पनि गरेका छौँ,’ उनले भने,‘ जीवन विकासबाट डिजिटल क्षेत्रमा नमुना योग्य काम गरेका छौँ।’
जीवन विकासको कुल सम्पत्ति २८ अर्ब २२ करोड ९७ लाख ४ हजार पुगेको छ। लघुवित्तले १० अर्ब ५३ करोड ३० लाख ४३ हजार रुपैयाँ निक्षेप सङ्कलन गरेको छ। २७ अर्ब २१ करोड ४४ लाख ५० हजार रुपैयाँ ऋण लगानी गरेको संस्थाका अध्यक्ष विक्रमराज सुवेदीले बताए।
लघुवित्तमाथि प्रहार
जीवन विकासको साधारण सभा उद्घाटन गर्दै मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले लघुवित्तमाथि प्रहार भइरहेको बताएका छन्। व्यवस्थित रूपमा सञ्चालन भइरहेका लघुवित्तलाई धराशायी बनाउनका लागि योजनाबद्ध रूपमा प्रहार भइरहेको बताएका हुन्।
विपन्न समुदायको जीवनस्तर उकास्नका लागि काम गरिरहेका लघुवित्तमाथि प्रहार गरेर देशको अर्थतन्त्रलाई झन् कमजोर बनाउने गिरोह सक्रिय रहेको उनको भनाई छ। लघुवित्त विरुद्धको अभियान कमजोर भइरहेकाले विचलित नभई सेवा प्रवाह गर्न लघुवित्तलाई आग्रह गरे।
जीवन विकासको संस्थापकसमेत रहेका मण्डलले ग्रामीण अर्थतन्त्रको विकासका लागि लघुवित्त आवश्यक रहेकाले यसको संरक्षणमा सबै निकायले ध्यान दिनुपर्ने बताए। उनले लघुवित्तको सञ्चालक र व्यवस्थापन समितिलाई सहज र व्यवस्थित रूपमा सदस्यहरूलाई सेवा प्रवाहमा केन्द्रित हुन आग्रह गरे।
Shares

प्रतिक्रिया