कारोबार


एक महिनामा ८ अर्बले नाफा बढ्दा पनि यी वाणिज्य बैंक उत्रिए अर्बको क्लबबाट

करोडबाट अर्ब क्लबमा उक्लियो एसबीआई बैंक
एक महिनामा ८ अर्बले नाफा बढ्दा पनि यी वाणिज्य बैंक उत्रिए अर्बको क्लबबाट

नेपालखबर
पुस २८, २०८१ आइतबार १८:६, काठमाडौँ

बैंक तथा वित्तीय संस्थाले एक महिनामा करिब ८ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन्। कात्तिक महिनासम्म २२ अर्ब ९० करोड कमाएकोमा मंसिरमा नाफा बढेर ३० अर्ब ८३ करोड रुपैयाँ पुगेको हो।

चालु आर्थिक वर्षको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाले कमाएको नाफा गत वर्षको भन्दा कम हो। गत वर्ष सोही अवधिमा बैंकहरूले ३० अर्ब ९१ करोड रुपैयाँ बराबरको नाफा कमाएका थिए।

मंसिरको बैंकहरूको नाफा गतवर्ष भन्दा ८ करोड रुपैयाँले कम हो।

पाँच महिनामा वाणिज्य बैंकहरूले ३७ अर्ब ७५ करोड नाफा कमाएका छन्। यो बैंक तथा वित्तीय संस्थाहरूले कमाएको कुल नाफाको ९० प्रतिशत हो।

एक महिनामा भने वाणिज्य बैंकहरूको नाफा ३४.७३ प्रतिशतले बढेको हो। गत कार्तिकमा २० अर्ब ६० करोड कमाएका बैंकहरूले मंसिरमा नाफा २७ करोड माथि पुर्याएका हुन्।

यस्तै, यो पाँच महिनामा विकास बैकले भने २ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाउँदा वित्त कम्पनीहरूले भने ३४ करोड रुपैयाँ नाफा कमाएका हुन्। मंसिर महिनामा भने विकास बैंकले नाफा ३६.६६ प्रतिशतले नाफा बढाउँदा वित्त कम्पनीहरूले १४.३१ प्रतिशतले बढाएका हुन्।

३ वाणिज्य बैंक उत्रिए अर्बको क्लबबाट, एउटा उक्लियो
गत आवको मंसिरमा बैंकहरुले कमाएको नाफाको तुलनामा ११ बैंकहरूले नाफा बढाउँदा ९ वटा बैंकको भने घटेको छ। जसमा तीन ठूला बैंकहरू अर्बको क्लबबाट झरेका हुन्।

नाफाका आधारमा अर्बको क्लबमा रहेका राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एसिया र सानिमा बैंक भने मंसिर मसान्तमा आइपुग्दा करोडमा सिमित बन्न पुगेका हुन्।

गत मंसिरमा १ अर्ब ४१ करोड खुद नाफा कमाएको राष्ट्रिय वाणिज्य बैंकले चालु आवको सोही अवधिमा ८ अर्ब ६७ करोड रुपैयाँमात्रै नाफा कमाएको हो।

यस्तै एनआइसी एसियाको नाफामा गिरावट आएको छ। गत वर्ष मंसिरसम्ममा १ अर्ब ८५ करोड नाफा कमाएको बैंकले चालु आवको मंसिरमा ६३ करोड रुपैयाँमात्रै नाफा कमाएको हो।

सानिमा बैंकले पनि गत मंसिरमा १ अर्ब ७ करोड नाफा कमाएकोमा चालु आवको मंसिरमा ९० करोड रुपैयाँमात्रै नाफा कमाएको हो।

यता नेपाल एसबीआई बैंक भने करोडबाट अर्बको क्लबमा उक्लिएको छ। यो बाहेकका १० वाणिज्य बैंकहरूको नाफा सामान्य बढेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad