कारोबार


स्काइवाक टावरको अध्यक्षमा सिंह र प्रबन्ध निर्देशकमा पाण्डे

स्काइवाक टावरको अध्यक्षमा सिंह र प्रबन्ध निर्देशकमा पाण्डे

नेपालखबर
पुस २८, २०८१ आइतबार १५:३१, काठमाडौँ

काठमाडौँको कमलादीमा रहेको स्काइवाक टावरको अध्यक्षमा तेजबहादुर सिंह र प्रबन्ध निर्देशकमा विष्णुहरि पाण्डे मनोनित भएका छन्। 

सञ्चालक कम्पनी वोन्डर्स नेपाल प्रालिको सातौँ वार्षिक साधारणसभाले सञ्चालक समिति पुनर्गठन गर्दै सिंहलाई अध्यक्ष र पाण्डेलाई प्रबन्ध निर्देशकमा मनोनित गरेको हो। 

सभाले सञ्चालक समिति पुनर्गठन गर्नुका साथै कम्पनीलाई पब्लिक लिमिटेडमा लैजाने समेत प्रस्ताव पारित गरेको छ। 

पब्लिक लिमिटेडमा गइसकेपछि कम्पनीको साधारण शेयर निष्कासनको बाटो खुल्नेछ। त्यस अवसरमा आर्थिक वर्ष २०८०र८१ को वित्तीय  विवरण समेत पारित गरिएको थियो।

कुल ७८.५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा स्काई वाक गरिन्छ। परियोजनाका लागि करिब २ अर्ब रुपैयाँ लगानी भइसकेको छ। 

स्काइ वाकबाट ऐतिहासिक रानीपोखरी र घण्टाघर टावरको अवलोकन समेत गर्न सकिन्छ। २५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्टबाट र बाँकी तीन तलामा सिँढीमार्फत टपुग्न सकिन्छ।

दुई वटा लिफ्ट सुविधा रहेको टावरमा एकै पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad