कारोबार


पर्यटन क्षेत्र चलायनमान बनाउन माघमा सर्वपक्षीय सम्मेलन गर्ने तयारी

पर्यटन क्षेत्र चलायनमान बनाउन माघमा सर्वपक्षीय सम्मेलन गर्ने तयारी

नेपालखबर
पुस २८, २०८१ आइतबार १५:३, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन्।

आइतबार काठमाडौंमा नेपाल होटल व्यवसायी महासंघको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी काम अघि बढाइरहेको दाबी गरेका हुन्।

उनले नेपाल विविधतापूर्ण संस्कृति र प्रकृतिको देश भएकाले नेपालको पर्यटनको प्रचारप्रसारलाई तीब्र बनाउनुपर्ने बताए।

उनले नेपालको पर्यटकीय सम्भावना देखाउने माध्यम नागरिक उड्डयन क्षेत्र भएकाले हवाई उडानलाई सहज र सर्वसुलभ बनाउने गरी सरकारले काम गरिरहेको बताए।

उनले भने, ‘विविधतापूर्ण संस्कृति र प्रकृति नेपालको छ। यसलाई सजिलो गरी देखाउने, छोटो समयमा धेरै देखाउनसक्ने माध्यम भनेको नागरिक उड्डयन क्षेत्र हो। हेलिकप्टरबाट पनि जानसकौँ, जहाजबाट पनि जानसकौँ। विदेशबाट पनि हवाई सेवाबाट आउनसकौँ। हामीसँग जोडिएका संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने दिशामा हामी तत्परताका साथ लागिरहेका छौँ।’

मन्त्री पाण्डेले पर्यटनसँग सम्बन्धित मन्त्रालय, सरकारी र निजी निकायहरूसँग समन्वय र सहकार्य गरेर माघमा सर्वपक्षीय सम्मेलन गर्ने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad