कारोबार


निगमले तेल मात्रै बेचेर मुनाफामा रमाउनुहुन्न, नयाँ कार्ययोजना खोज्न आवश्यक: मन्त्री भण्डारी

निगमले तेल मात्रै बेचेर मुनाफामा रमाउनुहुन्न, नयाँ कार्ययोजना खोज्न आवश्यक: मन्त्री भण्डारी

नेपालखबर
पुस २६, २०८१ शुक्रबार १७:६, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमले नयाँ कार्ययोजनाको खोजी गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन्। उनले आयल निगमको हरेक वर्ष व्यापार घट्दो अवस्थामा रहेको भन्दै पेट्रोलियम-ग्यासबाहेक अन्य व्यवसायको खोजी गर्नुपर्नेमा जोड दिए।

उनले निगमले व्यापारको नयाँ विकल्प खोज्न जरुरी देखिएको उल्लेख पनि गरे।

५५ वर्ष पूरा गरेर अर्बको नाफा कमाउने र लाभांश बाँड्ने मात्रै भन्दा पनि आगामी दिनको यात्रामा आउने चुनौती लगायतका विषयलाई लिएर नयाँ कुराको खोजी गर्न आवश्यक रहेको उनको भनाइ थियो। मन्त्री भण्डारीले निगमले तेल मात्रै बेचेर मुनाफामा रमाउने कुरा लामो समयसम्म नरहने  बताए।

उनले पेट्रोलियम पदार्थको विल्कपको सिर्जना भएकाले अब निगमको प्रबन्धपत्रसँग जोडिएका अधिकारक्षेत्रहरूमा पर्ने नयाँ खालको काम खोज्ने कार्ययोजना बनाउन निगम नेतृत्वलाई निर्देशन दिए।

उनले भने, नेपाल आयल निगमको हरेक वर्ष व्यापार घट्दो अवस्थामा छ। व्यापारको नयाँ विकल्प खोज्न जरुरी देखिन्छ। तेल मात्रै बेचेर मुनाफा कमाएर रमाउने धेरै लामो समय छैन। निगमको प्रबन्धपत्रसँग जोडिएका अधिकार क्षेत्रहरूमा पर्ने नयाँ खालको काम खोज्न वाञ्छनीय ठान्दछु। नयाँ कार्यको खोजी गरिएन भने तेल मात्रै बेचेर संस्था खुम्चिएर धरापमा पर्न जान्छ। निगमको ग्राफलाई बढाउन आवश्यक छ। पेट्रोलियमसँगै जोडिएको एलपीजी ग्यासलाई पनि पाइपलाइनबाट बोटलिङ गरी गुणस्तरीय र भरपर्दो बनाउने प्रस्तावमा चाँडै निर्णय हुने अवस्था छ।’

उनले सरकारले पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्ने प्रविधि भित्र्याउन खोजिएको जानकारी पनि दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad