कारोबार


बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला, यी हुन् तोकिएका योग्यता

बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला, यी हुन् तोकिएका योग्यता

फाइल तस्बिर


नेपालखबर
पुस २६, २०८१ शुक्रबार १२:५४, काठमाडौँ

अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणकाे अध्यक्षका लागि आवेदन खुलाएको छ। 

मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै अध्यक्षको लागि आवेदन आह्वान गरेको हो। खुला प्रतिस्पर्धाबाट अध्यक्षको पदपूर्ति गरिने मन्त्रालयले जनाएको छ। आवेदन दिन १५ दिनको समय निर्धारण गरिएको छ। 
 
अध्यक्षका लागि इच्छुक उम्मेदवारले १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी सहितको आवेदन दिन पर्नेछ। 

आवेदन दिनका लागि उम्मेदवारको योग्यता भने बीमा ऐन २०७९ को दफा ८ को उपदफा (१) बमोजिम बीमा, मौद्रिक, बैंकिङ्ग, वाणिज्य शास्त्र, व्यवस्थाप, जनप्रशासन, तथ्यांक शास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको उपाधी हाँसिल गरि सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हाँसिल गरेको हुनुपर्नेछ। 

यस्तै उम्मेदवारको उमेर ३० वर्ष पूरा भइ ६५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।

हेर्नुहाेस् सूचना


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad