कारोबार


नेक्स्ट–जेनेरेसन फ्लाइङ कार विकास गर्न ईहांग र चांगान अटोमोबाइलबीच रणनीतिक साझेदारी

नेक्स्ट–जेनेरेसन फ्लाइङ कार विकास गर्न ईहांग र चांगान अटोमोबाइलबीच रणनीतिक साझेदारी

नेपालखबर
पुस २४, २०८१ बुधबार २०:१५, काठमाडौँ

विश्वको अग्रणी अर्बन एयर मोबिलिटी (यूएएम) टेक्नोलोजी प्लेटफर्म कम्पनी ईहांग होल्डिंग्स लिमिटेडले सरकारी स्वामित्वमा रहेको एवम् दोस्रो ठूलो चिनियाँ अटोमेकर चोङकिङ चांगान अटोमोबाइल कम्पनी लिमिटेड (चांगान अटोमोबाइल) सँग रणनीतिक सहयोग सम्झौताको घोषणा गरेको छ।

चोङकिङ नगरपालिका सरकार र उद्योगका प्रतिनिधिहरूको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको कम्पनीले जनाएको छ।

यो सहकार्य विद्युतीय भर्टिकल टेकअफ र ल्यान्डिङ (ई–भीटीओएल) विमान र नवीन हवाई कारहरू सहित फ्लाइंग कारका उत्पादनहरूको अनुसन्धान र विकास,
निर्माण, बिक्री र सञ्चालनमा केन्द्रित रहने छ।

हवाई सवारी साधन र कम उचाइका उडानहरूको व्यवस्थापनमा ईहांगको विशेषज्ञता र चांगान अटोमोबाइलको बलियो उत्पादन र बजार स्रोतहरूको प्रयोग गरेर दुवै पक्षले भविष्यको मोबिलिटी इकोसिस्टम प्रविधिहरूका लागि संयुक्त उद्यम स्थापना गर्ने लक्ष्य राखेका छन्।

यो अन्तर–उद्योग साझेदारीले व्यापक उपभोक्ता आधारलाई लक्षित गर्दै ईहांगको ई–भीटीओएल उत्पादन लाइन विस्तार गर्नेछ।

चीनको दोस्रो ठूलो अटोमेकरचांगान अटोमोबाइलसँगअनुसन्धान र विकास, उत्पादन, सप्लाई चेन, बिक्री च्यानलहरूर बजार प्रभावमा असाधारण क्षमताहरू रहेको छ।

एक यूएएम अग्रणी ईहांगले ईभीटओिएल विमान डिजाइन, उत्पादन, प्रमाणीकरणर सञ्चालनको नेतृत्व गर्दछ।

यस सहकार्यले अत्याधुनिक प्रविधि, भविष्य–उन्मुख डिजाइनर बजार प्रतिस्पर्धाको साथमाउड्ने कारहरूको विकासको मार्गप्रशस्त गर्ने कम्पनीको विश्वास छ।

सम्झौतामा अनुसन्धान र विकास, उत्पादन, बजार प्रवर्द्धन, प्रयोगकर्ता अनुभव, बिक्रीपछिको सेवार ईहांगको ईभीटीओएल उत्पादनहरू र फ्लाइङ कारको व्यावसायीकरणलाई द्रुत बनाउन कम उचाइको अर्थतन्त्र अनुप्रयोगहरूलाई एकीकृत गर्ने बुँदाहरू समावेश छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad