कारोबार


फोनपेको ‘पैसा लिने र तिर्ने, दुबइ उड्ने’ योजना तत्कालका लागि स्थगित

फोनपेको ‘पैसा लिने र तिर्ने, दुबइ उड्ने’ योजना तत्कालका लागि स्थगित

नेपालखबर
चैत ६, २०७६ बिहिबार १०:९,

फोनपेको जारी ‘पैसा लिने र तिर्ने दुबई उड्ने’ योजना ११ हप्तासम्म सफल रूपमा सम्पन्न भएको छ।

२ जनवरी २०२० देखि सुरू भएको यस उपहार योजनामा हालसम्म चार जनाले दुबई ट्रिप, २२ जनाले २५ हजार रूपैयाँ बराबरको स्मार्ट फोन, दैनिक उपहार योजना अन्तर्गत ३ सय ८५ जना ग्राहकले शतप्रतिशत क्यासब्याक पाएका छन् भने ३ सय ८५ जना मर्चेन्टले आकर्षक उपहार प्राप्त गरेका छन्।

विश्वव्यापी महामारी निम्त्याएको कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड नगर्न गरेकोे निर्देशन अनुसार फोन पे उपहार योजना कमिटीले अर्को सूचना जारी नभएसम्मका लागी यस उपहार योजना तत्कालका लागी स्थगित गरेको छ।

स्वास्थमा पर्ने जोखिमलाई मध्यनजर गर्दै दुबई भ्रमण ट्रिप जित्ने विजेतालाई समेत वर्तमान विकराल अवस्था नियन्त्रणमा आएपछि मात्र भ्रमण गराइने कम्पनीले जनाएको छ। फोनपेले आफ्ना अन्य सेवा तथा सुविधा निरन्तर रूपमा पूर्ण क्षमताका साथ जारी राख्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad