कारोबार


मंगलबार पनि ६.६१ अंकले बढ्यो नेप्से, थोरै सेयर हिस्सा भएका कम्पनीमा लगानीकर्ताको भिड

मंगलबार पनि ६.६१ अंकले बढ्यो नेप्से, थोरै सेयर हिस्सा भएका कम्पनीमा लगानीकर्ताको भिड

नेपालखबर
पुस २३, २०८१ मंगलबार १५:४१, काठमाडौँ

सोमबार ४९ अंकले बढेको नेप्से मंगलबार पनि ६.१६ अंकले बढेको छ। यो दिन ०.२३ प्रतिशतले बढेर नेप्से सूचक २६४६.८४ अंकमा आइपुगेको हो। सोमबारबाटै बढ्न थालेको नेप्से सूचकले मंगलबार पनि निरन्तरता पाउँदा बजार दिनभर जसो हरियाली बन्न पुग्यो।

बजारमा हरियाली छाउँदा विकास बैंक, फाइनान्स, जलविद्युत, जिवन बिमा, माइक्रोफाइनान्स, नीर्जिवन बिमा,म्युचअल फण्ड र व्यपार समूहका कम्पनीहरुको मूल्य बढ्न पुगे भने बैकिङ समूह, होटल तथा पर्यटन समूह र उत्पादन तथा प्रशोधन समूह राताम्मे बने।

कम्पनीगत रुपमा भने यो दिन कारोाबरमा आएका ३०५ कम्पनी मध्ये १२६ वटा कम्पनीको मूल्य बढ्न पुग्यो भने १०७ वटा कम्पनीको मूल्य घटेको छ।

एकल अंकले नेप्से बढेको बजारमा आज लगानीकर्ताको माग साना सेयर हिस्सा भएका कम्पनीहरुमा धेरै देखियो। यो दिन साधारण सेयर हिस्सा ३३ प्रतिशतमात्रै भएको सप्तकोशी डेभलपमेन्ट बैंक र २७ प्रतिशत साधारणसेयर हिस्सा भएको न्यादी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो।

यी दुवै कम्पनीको मुल्य कित्तामा क्रमश १०५ रुपैयाँ र ५३ रुपैयाँले बढेको हो।

यो बहेक प्रभुमहालक्ष्मी लाइफ इन्स्योरेन्स,सिन्धु विकास बैंक, समृद्धि फाइनान्सको मूल्यमा ९ प्रतिशतको बृद्धि देखियो।

घट्नेमा भने आज आत्मनिर्भर लघुवित्त र डोल्टी पावर कम्पनी अगाडि देखिए। यी दुवै कम्पनीको मूल्यमा १० प्रतिशतको गिरावट सँगै नकारात्मक सर्किट लागेको हो।

आत्मनिर्भर लघुवित्तको मूल्य भने गएको ११ दिन देखी निरन्तर उकालो लागिरहेकोमा सोमबार बाट भने मूल्यमा करेक्सन देखिएको हो। डोल्टीको पनि पछिल्लो दुई कारोबारदिनमा मूल्य बढेको थियो।

सोमबारकै बृद्धिलाई नेप्सेले मंगलबार पनि निरन्तरता दिएपनि कारोबार भने तुलनात्मक रुपमा कम भएको छ। यो दिन लगानीकर्ताले कुल ५ अर्ब ३८ करोड रुपैयाँको मात्रै सेयर कारोबार गरेका हुन्। सोमबार ६ अर्ब ३० करोड रुपैयाँको कारोबार गरेका थिए।

यो दिन लगानीकर्ताले सबैभन्दा धेरै सिन्धु विकास बैंकको सेयर कारोबार गरेका छन्। यो बैंकको १६ करोड ९२ लाख रुपैयाँ बरारबरको सेयर कारोबार हुँदा सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड ५९ लाख रुपैयाँको कारोबार भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad