कारोबार


आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

नेपालखबर
पुस २३, २०८१ मंगलबार १०:४८, काठमाडौँ

आज सुनको मूल्य स्थिर छ। तर, चाँदीको मूल्य भने बढेको छ। 

सुनको मूल्य आज प्रतितोला एक लाख ५२ हजार रुपैयाँमै स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि सुनको कारोबार यही मूल्यमा भएको थियो। 

गएको आइतबार एक हजार पाँच सय रुपैयाँ घटेको सुनको मूल्य त्ययताका दुई दिन घटबढ् भएको छैन। 

गएको शुक्रबार एकैदिन सुनको भाउ तोलामा दुई हजार रुपैयाँ बढेर एक लाख ५३ हजार पाँचसय रुपैयाँ पुगेको थियो। 

आज चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँ बढेको छ।

आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ३० रुपैयाँ कायम भएको छ। गएको शुक्रबार प्रतितोला २० रुपैयाँ बढेर चाँदीको मूल्य एक हजार आठसय १० रुपैयाँ कायम भएको थियो। आइतबार र सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भइरहेको थियो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad