चीनको तिब्बतमा मंगलबार बिहान ६.८ म्याग्निच्युडको भूकम्पमा परेकाहरूको उद्धार खटिनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले निर्देशन दिएका छन्।
उक्त भूकम्पमा परी अहिलेसम्म ३६ जनाको मृत्यु पुष्टि भएको चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ भने चीनकै अर्को सञ्चारमाध्यम सिन्ह्वाले चाहिँ अहिलेसम्म ३२ जनाको मृत्यु भएको र ३८ जना घाइते भएको लेखेको छ।
हजारभन्दा बढी घर भत्किएको पनि सिन्ह्वाले उल्लेख गरेको छ।
633
Shares

प्रतिक्रिया