कारोबार


गोकर्ण फरेस्ट रिसोर्टको ट्र्याकमा एसयूभी जेइको टेस्ट ड्राइभ

गोकर्ण फरेस्ट रिसोर्टको ट्र्याकमा एसयूभी जेइको टेस्ट ड्राइभ

नेपालखबर
पुस २१, २०८१ आइतबार २१:२७, काठमाडौँ

ओमोडा एन्ड जेइको कम्पनी लिमिटेडको लागि नेपालको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले गोकर्ण फरेस्ट रिसोर्टस्थित अफरोड ट्र्याकमा ‘जेइको जेसिक्स इन्डिभिजुअल–ह्विल–ड्राइभ (फोर–बाइ–फोर) टेस्ट ड्राइभ – एक्स्पेरियन्स द थ्रिल अफ एडभेन्चर’ सफलतापूर्वक सम्पन्न गरेको छ।

शनिबार आयोजित उत्साहजनक टेस्ट ड्राइभ च्यालेन्जमा, नेपालको पहिलो इलेक्ट्रिक अफ रोड एसयूभी जेइको जे सिक्स इन्डिभिजुअल ह्विल ड्राइभ (फोर बाइ फोर) को उच्चस्तरको क्षमता तथा शक्ति प्रदर्शन गरिएको छ। यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भूभागहरू सजिलै पार गर्न सक्छ भन्ने कुरा प्रमाणित भएको कम्पनीको भनाई छ।

कम्पनीका अनुसार गोकर्णमा सम्पन्न कार्यक्रममा अफ रोड पारखी, तथा ड्राइभरहरूको उत्साहजनक सहभागिता रह्यो। साथै, विशेष रूपमा तयार गरिएको अफ रोड ट्र्याक मुख्य आकर्षण रह्यो।

ट्र्याकलाई साँच्चिकै अफरोड यात्रामा जस्तै चुनौतीपूर्ण बनाउन विभिन्न अवरोधहरू, उकालो, ओरालो, हिलो, रकि एक्सपेरियन्स आदि समेटिएको थियो। यही ट्र्याकमा जे सिक्स इन्डिभुजुअल ह्विल ड्राइ भ (फोर बाइ फोर)ले आफ्नो शक्तिशाली पर्फमेन्स तथा क्षमता प्रमाणित गरेको हो।

 

विशेषगरी जेइको जेसिक्समा रूची राख्ने ग्राहकहरूकेन्द्रित यस कार्यक्रममा जेइको जेसिक्स इन्डिभिजुअल ह्विल ड्राइभ (फोर बाइ फोर) ले डर्ट ट्र्याकका सम्पूर्ण अवरोधहरूलाई सजिलै पार गर्दै विद्युतीय सवारी प्रविधिले मारेको फड्कोलाई सही सावित गरेको छ।

कार्यक्रममा डर्ट ट्र्याक च्यालेन्जका अलावा सहभागीहरूले निःशुल्क ‘ड्राइभिङ रेन्ज गल्फ सट’ जस्ता क्रियाकलापमार्फत उत्साहजनक माहौल कायम राखे। एसपीजी अटोमोबाइल्स, नेपालमा नवीन र दिगो मोबिलिटि (गतिशीलता) का आविष्कार तथा उत्पादनहरू प्रवर्द्धन गर्न समर्पित रहेको कम्पनीले जनाएको छ।

अल ह्विल ड्राइभ पावरट्रेनसहितको नयाँ जेइको जेसिक्स इन्डिभिजुअल ह्विल ड्राइभ (फोर बाइ फोर), प्रभावशाली पर्फमेन्स, अद्भुत पावर, र उच्च ग्राउन्ड क्लियरेन्ससहित अफ रोड ड्राइभिङको लागि उत्कृष्ट विद्युतीय एसयुभिको रूपमा स्थापित भएको छ।

नयाँ जेइको जेसिक्स इन्डिभिजुअल ह्विल ड्राइभ (फोर बाइ फोर) मसाज सिट, सबै प्यासेन्जरका लागि हिटेड एन्ड भेन्टिलेटेड सिट, हाइअर रिम सहितको टायर साइज, बुम बक्स बेस स्पिकर्स जस्ता विभिन्न सुविधाहरूले सु सज्जित रहेको छ।

साथै नौवटा ड्राइभिङ मोडसहित शक्तिशाली डुअल मोटर, ६९.६६ किलोवाटआवरको ब्याट्री, र ४०० किलोमिटरको डब्लुएलटीपी रेन्ज यसको प्रमुख आकर्षणको पक्ष रहेको छ।

एसपीजी अटोमोबाइल्सले साहसिक यात्रा गर्न खोज्ने अफ रोड पारखीहरूलाई नजिकैको ओमोडा तथा जेइको सोरुममा गई नेपालकै पहिलो अत्याधुनिक विद्युतीय एसयूभीको प्रत्यक्ष अनुभव गर्न आमन्त्रण गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad