कारोबार


नेपाल लाइफ रक्षा कवच म्यादी जीवन बिमा योजना सार्वजनिक

नेपाल लाइफ रक्षा कवच म्यादी जीवन बिमा योजना सार्वजनिक

नेपालखबर
पुस २१, २०८१ आइतबार १७:५६, काठमाडौँ

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना सार्वजनिक गरेको छ।

न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ यही १८ गते काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त बीमा योजना सार्वजनिक गरेका हुन्।

एक निश्चित अवधिको लागि सुरक्षा प्रदान गरी दुर्भाग्यपूर्ण घटनाको अवस्थामा आफ्नो परिवारको लागि  आर्थिक सुरक्षा, सुनिश्चिता प्रदान गर्ने नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना (मुनाफामा सरिक नहुने) म्यादी जीवन बीमा हो। 

यसको न्यूनतम बीमाङ्क रकम रू ५,००,००० (पाँच लाख) र अधिकतम बीमाङ्क रकम १ करोड रुपैयाँ छ। योजनामा सरिक हुन बीमितको उमेर न्यूनतम  १८ वर्ष र  अधिकतम ५९ वर्ष हुनुपर्नेछ। बीमा अवधि न्यूनतम १ वर्ष देखि अधिकतम ३५ वर्ष सम्म हुनेछ भने बीमा समाप्तिमा बीमितको अधिकतम उमेर ६० वर्ष छ। 

योजनामा ऐच्छिक सुविधा (एडीबी, एडीबी/पीटीडी/पीडब्लुबी) पनि न्यूनतम ५ वर्षदेखि अधिकतम ३५ वर्ष अवधिसम्म लिन सकिनेछ।

योजनाअन्तर्गत बीमा अवधिभित्र जुनसुकै समयमा बीमितकोे मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ।

कार्यक्रममा बोल्दै यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले यो योजना सार्वजनिक गर्न पाउँदा खुसीको आभास भएको बताए।

सामान्य सिद्धान्तअनुसार आम्दानीको १५ गुणासम्मको बीमा लिनु नितान्त आवश्यक रहेको उनको भनाइ छ। जोखिम वहनलाई मुख्य प्राथमिकतामा राख्दै यो म्यादी जीवन बीमा योजना सार्वजनिक गरिएको उनले उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad