पहिलो कारोबार दिन यो साता सेयरबजार ५.३२ अंकले हरियो बनेको छ।
०.१० प्रतिशत वृद्धिसँगै नेप्से सूचक २५९१.५६ विन्दुमा पुगेको हो।
आइतबारको कारोबारमा ९३ लाख ८६ हजार बढी कित्ता सेयर बिक्री भएका छन्। योसँगै ४ अर्ब ८६ करोडको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आज कारोबारमा सामेल सेयरमध्ये १४१ वटाको बढ्दा ९४ वटा घटेका छन् भने ८ वटा अघिल्लो मूल्यमै कारोबार भएका छन्। कारोबार भएकामध्ये उपकार लघुवित्त, दोर्दी खोला जलविद्युत् र ग्रिन भेन्चर लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ।
यी कम्पनीका सेयरधनीले क्रमशः ४४०, ५२.८० र ४८.५० रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। आज कम्पनीहरुको अधिकतम ८.८८ प्रतिशतसम्मले गिरावट आएको छ।
धेरै कारोबार भने आज १९ करोड ९ लाखसहित जानकी फाइनान्स अगाडि छ। रिभर फल्स पावरको १७ करोड, रसुवागढी हाइड्रोको १२ करोडको कारोबार भएको छ।
Shares

प्रतिक्रिया