सीडीएस एन्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा प्रविन पन्दाक नियुक्त भएकी छिन्।
पन्दाकलाई आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।
पन्दाक कम्पनीको सञ्चालक समितिमा सदस्य (प्रबन्धसञ्चालक) थिइन्।
यसअघि कम्पनीको सीईओमा पूर्ण प्रसाद आचार्य थिए। उनको कार्यकाल सकिएपछि कायममुकायमको रुपमा कन्चन सापकोटाले सीईओको जिम्मेवारी सम्हालिरहेकी थिइन्।
बोर्डले आइतबार नै ४ वर्षको कार्यकालसहित सञ्चालक समिति सदस्य रहेकी पन्दाकलाई सीईओ बनाएको हो।
पन्दाक यसअघि नेपाल स्टक एक्सचेन्जको सहायक प्रबन्धक समेत थिइन्। उनी नेप्सेकै प्रतिनिधिको रुपमा सीडीएससीमा प्रबन्धसञ्चालक रहेकी थिइन्।
759
Shares

प्रतिक्रिया