कारोबार


ग्लोबल आईएमई बैंकले विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रम गर्ने

ग्लोबल आईएमई बैंकले विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रम गर्ने

नेपालखबर
पुस १४, २०८१ आइतबार १७:२४, काठमाडौँ

ग्लोबल आईएमई बैंक लिमिटेडले देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ। 

यही १८ देखि बैंक आफ्नो स्थापनाको १८औँ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गर्दै छ।

यस अवसरमा बैंकले प्रत्येक प्रदेशको विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरतासम्बन्धी सचेतना कार्यक्रम संचालन गर्दै छ। 

उक्त सचेतना कार्यक्रममा बैंकले आधारभूत बैंकिङ्ग सेवा, डिजिटल/नवीनतम बैंकिङ्ग सेवाहरु, बैंकिङ्ग विवरण सुरक्षित राख्ने उपायहरु लगायत विभिन्न बैंकिङ्ग शिक्षाको बारेमा जानकारी प्रदान गर्ने जनाएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता किसिमका विभिन्न सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरुमार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad