कारोबार


ज्योति विकास बैंकद्वारा अडियो लाइब्रेरीलाई पाँच थान कम्प्युटर सहयोग

ज्योति विकास बैंकद्वारा अडियो लाइब्रेरीलाई पाँच थान कम्प्युटर सहयोग

नेपालखबर
चैत ५, २०७६ बुधबार ११:१६,

ज्योति विकास बैंकले दृष्टिविहिनहरुको शिक्षाको सहजताको हेतुले स्थापित अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपाललाई कम्प्युटर प्रदान गरि सहयोग गरेको छ।

बैंकले अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपालको श्रव्य पुस्तकालयको लागि बुधबार ५ थान कम्प्युटर प्रदान गरेको हो। सामाजिक हितको लागि बैंकले स्थापना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत उक्त सहयोग प्रदान गरिएको हो।

ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपालका अध्यक्ष रमेश बावु तिवारीलाई कम्प्युटरहरु हस्तान्तरण गरे। कार्यक्रममा बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक पारस राज कँडेल, सहायक महाप्रबन्धक रामहरि आचार्य तथा संस्थाका उपाध्यक्ष कोपिला गुरुङ र सल्लाहकार सदस्य डा गोविन्द आचार्यको पनि उपस्थिति रहेको थियो।

अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपालले देशभरिका दृष्टिविहिन विद्यार्थीहरुको शिक्षाको हक सुनिश्चित गरी सहज जीवनयापनको लागि अन्य नागरिक सरह सक्षम बनाउन पुस्तकहरु डिजिटलाइज गराइ श्रव्य मैत्री बनाउँदै आएको छ। यस परियोजनाले बैंकबाट प्राप्त कम्प्युटरहरु पनि श्रव्य पुस्तक उत्पादन, वितरण तथा विद्यार्थीहरुको प्रयोगको लागि उपयोग गर्नेछ।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५६ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढी खाताबाट करिब रु. ३४ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई करिब रु. २९ अर्व लगानी गर्न सफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad