आज सुनको मूल्य बढेको छ। बुधबार प्रतितोला एकसय रुपैयाँ घटेको सुनको मूल्य आज ६ सय रुपैयाँ बढेको हो।
आज चाँदीको मूल्य भने स्थिर छ।
आज सुनको मूल्य एक लाख ५० हजार तीनसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य एक लाख ४९ हजार सातसय रुपैयाँ थियो। गएको मंगलबार सुनको मूल्य एक लाख ४९ हजार आठसय रुपैयाँ थियो।
आज चाँदीको मूल्य भने बुधबारकै मूल्यमा स्थिर छ। आज चाँदीको मूल्य तोलाको एक हजार आठसयमै स्थिर रहेको महासंघले जनाएको छ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।
2.5k
Shares

प्रतिक्रिया