सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको निधन भएको छ।
महतोको ६९ वर्षको उमेरमा गएराति निधन भएको हो।
बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार महतोको आजै दाहसंस्कार गरिने छ।
उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए। वडाध्यक्ष महतोको निधनको शोकमा बसबरिया गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदा दिएको छ।
भारतको दिल्लीमा उपचार गराएर घर फर्किएका महतोलाई पुनः स्वास्थ्य समस्या बढ्न थालेपछि एक महिनाअघि भरतपुर लगिएको थियो।
महतो २०७२ र २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा लगातार दुई पटक कांग्रेसबाट बसबरिया ३ को वडाध्यक्षमा निर्वाचित भएका थिए। उनी २०५४ सालमा तत्कालिन भवानीपुर गाविसको अध्यक्षमा निर्वाचित भएका थिए।
Shares

प्रतिक्रिया