कारोबार


तीन दिनपछि बढ्यो नेप्से, कारोबार भने ४ अर्बमै

तीन दिनपछि बढ्यो नेप्से, कारोबार भने ४ अर्बमै

नेपालखबर
पुस ८, २०८१ सोमबार १५:१९, काठमाडौँ

लगातार तीन दिन कारोबार दिन घटेको नेप्से चौथो दिन भने बढेको छ। गएको हप्ताको बुधबार बिहीबार र यो हप्ताको पहिलो दिन आइतबार घटेको नेप्से सोमबार भने बढेको हो।

आज २८.९१ अंकले बढेर नेप्से २६१२.२० अंकमा बन्द भएको छ। सूचकमा सुधार देखिएपनि आजको बजारमा कारोबार भने बढ्न सकेन। आइतबार ४ अर्ब ५१ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार घटेर ४ अर्ब ४३ करोडको मात्रै कारोबार भएको हो।

बढेको बजारमा पनि लगानीकर्ता ८ अर्ब कम कारोबार गरेका हुन्।

नेप्से सूचक बढेर बजारमा हरियाली छाउँदा म्युचुअल फण्ड बाहेकका सबै समूहको उपसूचक बढेका छन्। यो दिन सबैभन्दा धेरै हाइड्रो समूहको सूचक बढेको देखिन्छ। यो समूहको सूचक ३.६५ प्रतिशतले बढ्दा विकास बैंक र फाइनान्स समूहको सूचक क्रमश १.१५ र १.६७ प्रतिशतले बढेका हुन् ।

अन्य समूहहरुको भने सामान्य बृद्धि देखिएको छ। म्युचअल फण्डको उपसूचक भने आज एकैदिन ४.२१ प्रतिशतले घटेको हो ।

कम्पनीगत रुपमा भने आज कारोबारमा आएका ३२८ वटा कम्पनी मध्ये १९४ वटा कम्पनीको मूल्य बढेका छन् भने ४२ वटा कम्पनीको घटेको छ। बाँकी ८ वटा कम्पनीको मूल्यमा भने कुनै फेरबदल भएन।

आज बढ्नेमा सर्पोट माइक्रोफाइनान्स र सुपर मादी हाइड्रो अगाडि छन्। यी दुवै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा बराही हाइड्रो, बलेफी हाइड्रो,नेपाल हाइड्रो डेभलपर लगायतका कम्पनीले ९ प्रतिशत माथिको बृद्धि गरेका हुन्।

घट्नेमा भने आज मानुशी लघुवित्त अगाडि छ। यो कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको हो। यो बाहेक कर्पोरेट डेभलपमेन्ट बैंक पनि ३.१६ प्रतिशतको गिरावटसँगै मूल्य घट्नेमा दोस्रो स्थानमा छ।

कारोबारका आधारमा भने आज पनि जानकी फाइनान्स नै अगाडि आएको छ। यो कम्पनीको १८ करोडको कारोबार हुँदा जोशी हाइड्रोको ११ करोडको कारोबार भएर दोस्रो स्थानमा छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad