कारोबार


‘नेपालको ऊर्जा क्षेत्रका लागि अर्को महत्त्वपूर्ण उपलब्धि’

‘नेपालको ऊर्जा क्षेत्रका लागि अर्को महत्त्वपूर्ण उपलब्धि’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ


नेपालखबर
असार २, २०८३ मंगलबार ९:५१, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रका लागि अर्को महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्। 

उनको सचिवालयले मंगलबार बिहान दिएको जानकारीअनुसार यही २०८३ जेठ ३१ गते नेपालबाट भारत तथा बंगलादेशतर्फ करिब ६०० मेगावाट विद्युत् निर्यात गरिएको हो। 

‘यो उपलब्धिले नेपालको विद्युत् उत्पादन क्षमतामा भएको वृद्धि, सुदृढ प्रसारण पूर्वाधार तथा क्षेत्रीय ऊर्जा सहकार्यमा भइरहेको प्रगतिलाई प्रतिबिम्बित गर्दछ’, मन्त्री श्रेष्ठ सचिवालयले भनेको छ। 

नेपालको जलस्रोतलाई राष्ट्रिय समृद्धिको आधारका रूपमा विकास गर्दै स्वच्छ ऊर्जाको उत्पादन, खपत र अन्तरदेशीय विद्युत् व्यापार विस्तार गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री श्रेष्ठले उल्लेख गरेका छन्। 

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘ऊर्जा क्षेत्रमा हासिल भएका यस्ता उपलब्धिहरूले नेपालको अर्थतन्त्रलाई थप सबल बनाउन तथा क्षेत्रीय ऊर्जा बजारमा नेपालको भूमिका सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छौँ। ऊर्जा क्षेत्रको विकासमार्फत समृद्ध नेपाल निर्माणको यात्रामा हामी निरन्तर अग्रसर रहनेछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad