नेपाल जग्गा तथा आवास विकास महासंघको अध्यक्षमा झापाका विष्णु प्रसाद घिमिरे निर्वाचित भएका छन्।
यही मंसिर २८ गतेको निर्वाचनबाट उनी अध्यक्ष निर्वाचित भएका हुन्।
उनीबाहेक वरिष्ठ उपाध्यक्षमा काठमाडौंका विदुर धमला, उपाध्यक्षमा झापाका राजकुमार राई र काठमाडौंका दिपक कुँवर पनि निर्वाचित भएका छन्।
बागमती प्रदेश उपाध्यक्षमा काठमाडौंका पुरुषोत्तम पौड्याल, महासचिवमा भक्तपुरका रोशन भोयद्यो, सचिवमा मोरङका घनश्याम पोखरेल, कोषाध्यक्षमा कास्कीका अरुण स्तोम त्रिपाठी, लुम्बिनी प्रदेश सदस्यमा रुपन्देहीका दशरथ पौडेल, सुदूरपश्चिम प्रदेश सदस्यमा कैलालीका उपेन्द्रप्रसाद अवस्थी, सदस्यद्वयमा काठमाडौं र भक्तपुरका तुलसी प्रसाद अधिकारी तथा बहादुरकृष्ण ताम्राकार निर्वाचित भएको महासंघले जनाएको छ।
यसबाहेक गण्डकी प्रदेश सदस्यमा नवलपुर गैंडाकोटका लिलाबहादुर अधिकारी, कोशी प्रदेश सदस्यमा सुनसरीका मणिकुमार प्रसाईं तथा मधेश प्रदेश सदस्यमा महोत्तरीका देवकुमार महतो निर्वाचित भएका छन्।
Shares

प्रतिक्रिया